राष्ट्रिय वनमा बाघको त्रास, सामुदायिक वनमा चरिचरण निषेध
नेपालगन्ज । बाँकेमा बाघ संरक्षण सफल हुँदै गए पनि जंगलमा निर्भर पशुपालक किसानका लागि चरिचरणको संकट गहिरिँदै गएको छ। राष्ट्रिय वनमा बाघ र चितुवाको जोखिम, सामुदायिक वनमा चरिचरण तथा वन प्रवेशमा प्रतिबन्ध र वैकल्पिक चरन क्षेत्रको अभावले किसानहरू पशुपालनबाट बाहिरिन थालेका छन्।
राप्तीसोनारी–५ का उत्कृष्ट बाख्रापालक बम्बबहादुर पुन मगरका अनुसार गाउँमा कुनै समय ठूलो संख्यामा खसीबाख्रा पालिन्थे। अहिले सय









