ऋण असुली गर्दा ऋणीकाे बेइज्जती र मानसिक असर पर्ने काम नगर्न आदेश
नेपालगन्ज - ऋण असुली गर्दा ऋणीकाे सार्बजनिक बेइज्जती र मानसिक असर पर्ने गतिविधि नगर्न उच्च अदालत तुलसीपुर,नेपालगन्ज इजलासले अन्तरिम आदेश दिएको छ ।
नेपालगन्जमा व्यवसाय गर्ने रेखा खड्काले एनआईसी बैंक विरुद्ध दायर गरेकाे रिटमा पुस ८ गते न्यायाधीश बामदेव ज्ञवालीकाे एकल इजलासले निवेदक ऋणी र उनकाे परिवारलाई मानसिक असर पर्ने गरि घरमा सुरक्षार्थ गार्ड राख्ने कार्य नगर्न नगराउन अन्तरिम आदेश सुनाएको









