भेरी अस्पतालका विरामीलाई आजदेखि नि:शुल्क रगत
नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा उपचाररत विरामीहरुलाई आजदेखि निःशुल्क रगत उपलब्ध गराउन सुरु गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईले बिरामीका आफन्तलाई निःशुल्क रुपमा रगतको प्याकेट हस्तान्तरण गरी सेवा सुरु गरेका हुन् ।
यसअघि सट्टा रगत अथवा रक्तदाता संस्थाको सिफारिसमा रक्तसञ्चार केन्द्रबाट सस्शुल्क रगत लिंदै आएका थिए । भेरी अस्पतालले सरकारको नीति अनुसार आजदेखि









