बागेश्वरी परिसरमा बाल पार्कको निर्माण सुरु
नेपालगञ्ज, साउन २२ । बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण सुरु भएको छ ।
करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो ।
यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपियाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ । भवन निर









