आन्दोलनमा उत्रिएका व्यवसायी भन्छन्–‘उद्योगमा ताला झुण्डिएको छ, कर कसरी तिर्ने ?’
नेपालगन्ज २२ जेठ : राहत प्याकेज र कर तिर्ने समय थप गर्न माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघ बिहिवारदेखि आन्दोलन शुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके मार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएको संघले चरणबद्ध आन्दोलन शुरु गरेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।
संघको आह्वानमा बिहान नौं बजेदेसख दश बजेसम्म उद्योगी, व्यवसायीले आफ्नो घर, प्रतिष्ठानमा सामाजिक दुरी कायम गर









