संक्रमित गर्भवती महिलाको आन्द्रामा समस्या भएपछि आपतकालीन शल्यक्रिया गरिदै
नेपालगन्ज २७ जेठ : नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा अछामबाट रिफर गरिएकी एक गर्भवती महिलामा कोरोना संक्रमण पाइएको छ ।
अछाम चोरकोट गाउपालिका वडा नं. ५ घर भएकी बर्ष २५ की १८ हप्ताकी ती महिलालाई भेरी अस्पतालको ल्यावमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
सोमबार करिब ३ बजे तिर उनको पेटमा समस्या भए पछि बेलपाटा अस्पतालले रिफर गरी हेलिकप्टर मार्फत नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याएको थ









