राप्तीबगरमा फलेका तरबुजा भाटभटेनीले किन्ने
नेपालगन्ज २२ जेठ : बाँकेको डुडुवा गाउँपालिका -२ का कृषकले उत्पादन गरेको तरबुजा नेपालगन्जस्थित सुपरमार्केट भाटभटेनीले खरिद गर्ने भएको छ ।
लकडाउनका कारण कृषकले उत्पादन गरेको खरबुजा विक्रीमा समस्या भइरहेको कृषकको गुनासो सम्बन्धी समाचार अर्थपेजले प्रकाशन गरेपछि भाटभटेनीका क्षेत्रीय प्रबन्धक बिनोद भटट्राईले त्यहाँ रहेको खरबुजा खरिद गर्ने बताए ।
उनले कृषकसंग समन्वय गर्ने जानकारी दिएका छन् ।









