नियमित समाचार

लकडाउनको सदुपयोग : बाँके निकुञ्जमा यसरी हुँदै छ सुधारको काम

लकडाउनको सदुपयोग : बाँके निकुञ्जमा यसरी हुँदै छ सुधारको काम

   
लकडाउनको सदुपयोग गर्दै बाँके राष्ट्रि«य निकुञ्जले आन्तरिक सुधारको काम गरेको छ । लकडाउनको चौथो दिनसम्म निकुञ्जले घाँसे मैदान व्यवस्थापन, फायर लाइन र आन्तरिक सडक मर्मत, चोरी सिकारीका लागि बिछ्याइएका जाल हटाउनेदेखि बन्यजन्तु संरक्षणको अनुगमन समेत गरिएको निकुञ्जका प्रमुख प्रमोद भट्टराइले बताए । ‘निकुञ्जमा बाहिरका मानिस प्रवेश निषेध छ । त्यसैले यही भएका कर्मचारीले आन्तरिक काम गरिरहेका छौं ।’– भट्टर
नेपालगन्जमा नयाँ होइन ‘होमडेलिभरी’, वर्षौदेखि तरकारी र दूध घर–घरसम्म पुगेकै छ

नेपालगन्जमा नयाँ होइन ‘होमडेलिभरी’, वर्षौदेखि तरकारी र दूध घर–घरसम्म पुगेकै छ

   
नेपालगन्ज १६ चैत :  कोरोना संक्रमण रोक्न लागू भएको लकडाउनका क्रममा अत्यावश्यक सामाग्रीको अभाव हुन नदिन नेपालगन्जमा होमडेलिभरीलाई प्राथमिकता दिइएको छ । भिडभाड कम हुने भएका कारण होमडेलिभरी मार्फत घर–घरमा सामाग्री पठाउन सहज हुने अपेक्षा सहित यस्तो गरिएको हो । होमडेलिभरी शब्द नयाँ भए पनि यो काम नेपालगन्जका लागि नौला भने होइन । वर्षौदेखि चल्दै आएको चलन हो । दूध र तरकारी जस्ता अत्यावश्क साम
प्रदेश सांसद आईपी खरेलद्धारा बाँकेका क्वारेन्टाइन अनुगमन

प्रदेश सांसद आईपी खरेलद्धारा बाँकेका क्वारेन्टाइन अनुगमन

   
५ नम्बर प्रदेशका सांसद तथा नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले शनिबार खजुरा गाउँपालिका वडा नम्बर १ मा स्थापना गरिएको क्वारेन्टाइनको अनुगमन गरेका छन । उनले खजुरा गाउँपालिका वडा नम्बर १ मैटहवा माध्यमिक विद्यालय राधापुरमा भारत लगायत तेश्रो मुलुकबाट गाउँमा आएका कोरोना आशंकित ब्यक्तिहरुलाई राख्न बनाइएको क्वारेन्टाइनको आज अनुगमन गरेका हुन । अनुगमनका क्रममा स्थानीयहरुले बाहिरबाट गाउँमा आएका अरु धेर
नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा अत्यावश्यक खाद्य बस्तुहरुको घुम्ती सेवा शुरु

नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा अत्यावश्यक खाद्य बस्तुहरुको घुम्ती सेवा शुरु

   
नेपालगन्ज १५ चैत : नेपालगन्ज उद्योग वाणिज्य संघले अत्यावश्यक खाद्य बस्तुहरुको घुम्ती सेवा शुरु गरेको छ । कोरोना संक्रमण रोक्न लागू भएको लकडाउनमा उपभोग्य सामाग्रीको अभाव सिर्जना हुन नदिन संघले शनिवारदेखि यस्तो सेवा सन्चालन गरेको हो । पहिलो दिन नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ को कार्यालय र नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघसंगको समन्वयमा वडा नं. १ मा उक्त घुम्ती सेवा सन्चालन गरियो । घ
युरोपबाट फर्किएकी १९ वर्षीया बागलुङकी युवतीमा संक्रमणको पुष्टि

युरोपबाट फर्किएकी १९ वर्षीया बागलुङकी युवतीमा संक्रमणको पुष्टि

   
१५ चैत, काठमाडौं । बागलुङकी एक युवतीमा कोरोना भाइरस कोभिड-१९० संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अहिले संक्रमण देख
विरामीको नमुना लिन अर्को जहाज तुरुन्त पठाउँछु-पर्यटन मन्त्री योगेश भट्टराई

विरामीको नमुना लिन अर्को जहाज तुरुन्त पठाउँछु-पर्यटन मन्त्री योगेश भट्टराई

   
बाँके १५ चैत : नेपाल बायु सेवा निगमको जहाज शनिवार मध्यान्ह नेपालगन्ज विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटना परेपछि कोरोना संक्रमित बिरामीको नमुना लिन अर्को जहाज पठाइदै छ । पर्यटन मन्त्री योगेश भट्टराइले बिरामीका नमुना लिन गएको नेपाल एयरलाईन्सको जहाज नेपालगन्जमा सामान्य दुर्घटना भएको बताए । आफ्नो फेसबुक पेजमा मन्त्री भट्टराइले ‘नमुना लिन अर्को जहाज तुरुन्त जाँदै छ । असामान्य अवस्थामा काम
नेपालगन्ज वडा नं. २ को निर्णय : अध्यक्ष र सदस्यको पारिश्रमिकबाट बिपन्नलाई सहायता दिने

नेपालगन्ज वडा नं. २ को निर्णय : अध्यक्ष र सदस्यको पारिश्रमिकबाट बिपन्नलाई सहायता दिने

   
नेपालगन्ज वडा नं. २  वडा समितिको आकस्मिक बोर्ड बैठकको निर्णयहरु १. वडा अध्यक्ष र सदस्यज्युहरुले आफ्नो एक महिनाको सेवा सुबिधा पाउने रकम वडाको अति बिपन्नबर्गहरुको मानबिय कार्यमा खर्च गर्न वडा स्तरीय कोरोना समन्वय समितिको खातामा दिने । २ मानवीय सेवाका लागि अग्रपंक्तिमा जाने सामुहिक प्रतिबद्धता । ३ लक्षित बर्गको कार्यक्रम कोरोना संक्रमण लडाइ बिरुद्द्को अभियानमा केन्द्रित रहेर संचालन गर्ने
स्वास्थ्य सामाग्री बोकेको जहाज नेपालगन्ज विमानस्थलमा यसरी चिप्लियो,सबै सकुशल

स्वास्थ्य सामाग्री बोकेको जहाज नेपालगन्ज विमानस्थलमा यसरी चिप्लियो,सबै सकुशल

   
बाँके १५ चैत : स्वास्थ्य सामाग्री लिएर लिएर आएको नेपाल बायु सेवा निगमको जहाज शनिवार मध्यान्ह नेपालगन्ज विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको छ । जहाजमा रहेका चालक दलका सदस्य सहित पाँच जना सकुशल रहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । नाइन एन एकेयु कलसाइन भएको उक्त विमान ल्याण्डिङ्गको क्रममा धवनमार्गबाट केही मिटर पर उछट्एिको थियो । विमान दुर्घटना भए लगत्तै उद्धार टिम खटिए
लकडाउनमा सहयोग दिने नाममा अनियन्त्रित भिड जम्मा पार्दै, नेपालगन्जमा कसैसंग समन्वय छैन

लकडाउनमा सहयोग दिने नाममा अनियन्त्रित भिड जम्मा पार्दै, नेपालगन्जमा कसैसंग समन्वय छैन

   
नेपालगन्ज १५ चैत : सामाजिक दूरी कायम गर्ने हो भने कोरोना भाइरसको संक्रमण फैलिन पाउँदैन भन्ने बैज्ञानिकले पुष्टि गरिसकेका छन् । त्यसैका आधारमा सरकारले भिडभाड नियन्त्रण गर्न लकडाउनको घोषणा गरेको हो । तर यही मौकामा खाद्यन र मास्क जस्ता सामाग्री सहायता गर्न खोज्नेहरुले अनियन्त्रित भिड जम्मा पार्दै छन् । दुःखमा साथ दिनु राम्रो कुरा हो । तर अहिलेको परिस्थिती अर्कै छ । प्रकोेपमा सहायता गरेको जस्तो