गृह मन्त्रालयद्धारा सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न रोक
गृह मन्त्रालयले लक डाउनका बेला नागरिकले सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न नपाउने निर्णय गरेको छ।
आइतबार आपूर्ति व्यवस्थापनलाई सहज बनाउन गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले सहयताको नाममा चन्दा उठाउन र वितरण गर्न नपाउने निर्णय गरेको हो।
कुनै संघ, संस्था वा व्यक्तिले सहायता दिन चाहेमा भने स्थानीय तहमा सम्पर्क गरी वितरण गर्न सकिने छ।
त्यस्तै मन्त्रालयले आपूर्ति व








