नियमित समाचार

जमुनाह नाका आजबाट एक हप्ताका लागि बन्द,सामान भने आउन दिने

जमुनाह नाका आजबाट एक हप्ताका लागि बन्द,सामान भने आउन दिने

   
बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका आजबाट एक हप्ताका लागि बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको जानकारी दिए । ‘सामानहरु आउँछन् तर यात्रुहरु आउन–जान पाउँदैनन्,’ उनले भने । भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच आइतबार छलफल भएको थियो । छलफल
बाँकेका सिडिओले भने–‘भ्रममा नपर्नुहोस्,संघीय सरकारले भनेको बाहेक अरु क्षेत्र बन्द हुँदैन’

बाँकेका सिडिओले भने–‘भ्रममा नपर्नुहोस्,संघीय सरकारले भनेको बाहेक अरु क्षेत्र बन्द हुँदैन’

   
नेपालगन्ज ८ चैत : बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षमा शनिबार नेपालगञ्ज उपमहानगरपालिकामा बसेको कोरोना पुर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्कफोर्सले विभिन्न निर्णय गर्यो । त्यस मध्ये महत्वपूर्ण निर्णय थियो, चैत ९ गतेदेखि २१ गतेसम्म खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल ब्यवसाय बन्द गर्ने । यस सम्बन्धमा धेरै भ्रममा परेको पाइएको छ । कुन -कुन पसल र व्यवसा
अत्यावश्यक बाहेक पसल/व्यवसाय बन्द गरिने, बाँकेमा अरु के-के गरिदै छ ? हेर्नुहोस् निर्णय

अत्यावश्यक बाहेक पसल/व्यवसाय बन्द गरिने, बाँकेमा अरु के-के गरिदै छ ? हेर्नुहोस् निर्णय

   
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षमा शनिबार नेपालगञ्ज उपमहानगरपालिकामा बसेको कोरोना पुर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्कफोर्सको निर्णय- १) चैत ९ गतेदेखि २१ गतेसम्म खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल ब्यवसाय बन्द गर्ने २) आईतबारसम्म लायन्स डेन्टल अस्पतालमा आईसुलेसन स्थापना गर्ने । ३) वडास्तरमा क्वारेन्टाईनका लागि स्थानीय तहलाई अनुरोध गर्ने, से
नेपालगन्जका २५ ठाउँमा ‘वाटर एटिएम’, ५ रुपैयामा चिसो पानी पाइने

नेपालगन्जका २५ ठाउँमा ‘वाटर एटिएम’, ५ रुपैयामा चिसो पानी पाइने

   
नेपालगन्ज ८ चैत : देशकै सबैभन्दा गर्मी हुने नेपालगन्जमा पिउने पानीको अभाव टार्न ‘प्रिपियड वाटर एटिएम’ सन्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकासंगको समन्वयमा डिएसएस फुड एण्ड एग्री सप्लायर्सले नगरका सबै वडा सहित २५ ठाउँमा यस्तो वाटर एमिएट बुथ सन्चालन गर्न लागेको हो । एउटा वाटर एटिएम सन्चालन भइसकेको र बाँकी निर्माणको अन्तिम चरणमा रहेको डिएसएस फुड एण्ड एग्री सप्लायर्सका सन्चालक मिस्वाहुल हक
जमुनाह नाकाको हेल्थ डेक्समा सेना खटियो, नेपाल भित्रिनेको स्वास्थ्य परिक्षणमा सघाउँदै

जमुनाह नाकाको हेल्थ डेक्समा सेना खटियो, नेपाल भित्रिनेको स्वास्थ्य परिक्षणमा सघाउँदै

   
नेपालगन्ज ८ चैत : जमुनाह नाकामा सेना सहितको स्वास्थ्यकर्मीले नेपाल भित्रिने नागरिकको स्वास्थ्य परिक्षण गरिरहेका छन् । यसअघि स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएकोमा अहिले नेपाली सेनाका स्वास्थ्यकर्मीले समेत हेल्थ डेक्समा सघाइरहेका छन् । भारतमा कोरोना भाइरस संक्रमण बढ्दै जांदा त्यहाँबाट जमुनाह नाका हुँदै नेपाल भित्रिनेको संख्या बढेको छ । स्वास्थ्य परीक्षण अनिवार्य गरेको तीन दिन
जमुनाह नाकाबाट तीन दिनमा २४ हजार २ सय नेपाली घर फर्किए

जमुनाह नाकाबाट तीन दिनमा २४ हजार २ सय नेपाली घर फर्किए

   
नेपालगन्ज ८ चैत : भारतमा कोरोना भाइरस संक्रमण बढ्दै जांदा त्यहाँबाट जमुनाह नाका हुँदै नेपाल भित्रिनेको संख्या बढेको छ । स्वास्थ्य परीक्षण अनिवार्य गरेको तीन दिनमा जमुनाह नाकाबाट २४ हजार २ सय ३२ जना नेपालगन्ज प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेमा अधिकांस नेपाली छन् । जमुनाहस्थित हेल्थ डेक्सका दैनिक नेपालमा भित्रिनेको तथ्यांक राखिन्छ । त्यहाँ उल्लेख भएको तथ्यांक अनुसार चैत ५ गते ७ हजार ७ सय
घरमा २ वटा भन्दा बढि सिलिण्डर ग्याँस नराख्न अनुरोध, अब ग्राहकको विवरण राखिने

घरमा २ वटा भन्दा बढि सिलिण्डर ग्याँस नराख्न अनुरोध, अब ग्राहकको विवरण राखिने

   
काठमाण्डौं ८ चैत : अनावश्यक भण्डारण रोक्न नेपाल ग्यास उद्योग संघले ग्यास किन्ने ग्राहकको विवरण राख्ने व्यवस्था गरेको छ। कोरोना भाइरसको संक्रमणको त्रासले उपभोक्ताले अत्याधिक ग्यास भण्डारण गर्दा बजारमा अभाव भएपछि संघले यो व्यवस्था गरेको हो। संघका अध्यक्ष गोकुल भण्डारीले भारतबाट जति ग्यास आएपनि अभाव नहटेपछि उपभोक्ताको विवरण राख्ने व्यवस्था गरिएको बताए।  उनका अनुसार बिक्रेताले आफुले बिक्री गरेको ग्
ट्रि–गार्ड ढल्यो, मेयरले उठाए !

ट्रि–गार्ड ढल्यो, मेयरले उठाए !

   
नेपालगन्जको चारलेन सडकमा रहेको ग्रीनबेल्टमा लहरै पारेर रुख, बिरुवा लगाइएको छ । कति फुलहरु त ढकमक्क फुल्दै छन्, सडकको शोभा बढाउने गरी । तर कतिपय बिरुवा सानै छन् । त्यसलाई कतैबाट क्षती हुन नदिन ट्रि–गार्ड(बिरुवा छोप्ने सामाग्री) राखिएको छ । त्यस्तो ट्रिगार्ड हावाहुरी र बेवारिसे पशुले फाल्ने गरेका छन् । ट्रिगार्ड फाल्दा बिरुवालाई क्षती हुने गरेको छ । माथिको तस्विरमा ढलेको ट्रिगार्ड उठाउँदै छन् नेप
कोरोना बिरुद्ध कस्तो छ गुर्भाकोट नगरपालिकाको तयारी ?

कोरोना बिरुद्ध कस्तो छ गुर्भाकोट नगरपालिकाको तयारी ?

   
सुर्खेतको गुर्भाकोट नगरपालिकाका मेयरको अध्यक्षतामा बिपद ब्यबस्थापन समितिको बैठक बसेर कोरोना भाईरसबाट बच्न पुर्ब तयारीका सम्बन्धमा बिभिन्न निर्णय गरेको छ । जिल्ला बिपद् समितिलाई रु १ लाख दिने,कोरोना हेल्प डेस्क गुर्भाकोट नपाको सिमाना काल्चेमा संचालन गर्ने निर्णय गरेको छ । नगरपालिकामा हाल संचालित ४ वटा हात धुने बेसिनको साथै नगरपालिकाको गेट नजिक अर्को हात धुने बेसिन स्थापना गर्ने र १८ स्वास्थ्य संस्