नेपालगन्जमा मास्कको कालोबजारी
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ७६ वटा देशमा फैलिसकेको छ । शुक्रबार विश्व स्वास्थ्य सङगठन ‘डब्लुएचओ’ले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको समेत बताएको छ । मानिसहरु सबै त्रासमा छन् ।
यस्तो असर नेपालगन्जमा समेत नपर्ने कुरै भएन । कोरोनाको सम्भावित जोखिमबाट बच्ने भनेकै स्वास्थ्य सतर्कता अपनाउने हो । डिटोल जस्ता सावुन पानीले हात धुने, मास्क देखि ग्लोब्स लगाउनेसम्मका पूर









