चिरञ्जीवी ओली बने नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिव, को हुन ओली ?
नेपालगन्ज २८ माघ - नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिवमा चिरञ्जीवी ओली निर्वाचित भएका छन् ।
संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको आन्तरिक निर्वाचन प्रक्रियाबाट मंगलवार ओली महासचिव चुनिएका हुन ।
यसअघि अध्यक्ष, दुई उपाध्यक्ष, कार्यसमिति सदस्य, एशोसिएट र बस्तुगत सदस्यको निर्वाचन भइसकेको छ । उनीहरुकै आन्तरिक चुनाव वा सहमतिबाट महासचिव, उपमहासचिव, कोषाध्यक्ष लगायत बरिष्ठ सदस्य मनोनयन गर्ने प्राव









