‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ
नेपालगन्ज । भारतीय ग्याङ्स्टरको परिचय दिएर सामाजिक सञ्जालमार्फत धम्की दिई ठूलो रकम फिरौती माग्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका–७, कोठघारी घर भएका ४१ वर्षीय रामबहादुर बुढाक्षेत्री हाल बाँकेको कोहलपुर–५ मा कोठा भाडामा बस्दै आएका थिए।
उनले विदेशी मोबाइल नम्बरको ह्वाट्सएप प्रयोग गरी फिरौती माग्दै आएका थिए। प्रहरीका अनुसार उनले आफूलाई भारतीय ग्याङ्स्टर लरेन्स ब









