
सिजनमै जडिबुटीको मूल्य दोब्बरले घट्यो
बाँके : जडिबुटी संकलन र निकासीको ‘सिजन’मै दोब्बरले मुल्य घटेपछि जडिबुटी किसान र व्यवसायीहरु निरास छन् । मुल्य घटेपछि कृषकले आफुले उत्पादन गरेका जडिबुटी व्यवसायीलाई बिक्री गर्न मानिरहेका छैनन् भने व्यवसायीले आफ्नो गोदाममा पहिल्यै स्टक रहेको जडिबुटी पनि बिक्री गर्न सकेका छैनन् ।
जडिबुटी निर्यातको अवस्था यतिबेला निकै कम भएको नेपाल जडिबुटी व्यवसायी संघका कार्यालय प्रमुख पुष्कर खरेलले जानकारी दिए ।