इफ्तारमा पहिलो पटक राष्ट्रपति सहभागि ,बाँकेका मुस्लिम समुदाय हर्षित(तस्वीर सहित)
बाँके २१ जेठ : राष्ट्रपति बिद्यादेवी भण्डारी मुस्लिम समुदायको ‘रोजा इफ्तार’ कार्यक्रममा मंगलबार साँझ सहभागि हुनुभएको छ । इफ्तार कार्यक्रममा पहिलो पटक राष्ट्रप्रमुख सहभागि भएपछि बाँकेका मुस्लिम समुदायले हर्षित महसुस गरेका छन् ।
मुस्लिम समाज बाँकेको आयोजनामा रोजा इफ्तार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले रोजा इफ्तार कार्यक्रमले देशलाई एकताबद्ध बन









