नेपालगन्ज उपमहानगरकै विद्युत महशुल बक्यौता झण्डै पाँच करोड
नेपालगन्ज, ५ जेठ : सडक बत्ती बापत नेपालगन्ज उपमहानगरपालिकाले झण्डै पाँच करोड रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी देखिएको छ । उपमहानगरपालिकाले आर्थिक बर्ष २०६५–६६ देखि सडक बत्तीको महशुल नबुझाएको नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र नेपालगन्जले जनाएको छ ।
उसले चार करोड ९८ लाख २९ हजार १७० रुपैयाँ महशुल बुझाउन बाँकी रहेको वितरण केन्द्रका प्रमुख रामदुलार यादवले बताए । उनले सडक बत्तीको महशुल बुझाउन









