प्रादेशिक महोत्सवमा ‘फेशन शो’ हुने , तयारीमा नेपालगन्जका मोडल
नेपालगन्ज : प्रादेशिक महोत्सव २०७५ मा ‘कल्चरल फेशन’ शो हुने भएको छ । गत वर्षको महोत्सवमा एक्स जेनेरेसको समन्वयमा भएको कल्चरल फेशन शोले दर्शकको प्रशंसा बटुलेको थियो ।
महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले यसपटकको महोत्सवमा पनि कल्चरल फेशन शो लाई निरन्तरता दिइने बताए । यतिबेला त्यसको तयारी पनि सुरु भइसकेको छ । कल्चरल फेशन शोका लागि मोडलहरु प्रशिक्षण लिइरहेका छन् । उनीहरुलाई क्याटवाक त







