व्यापार भएन,काेहलपुर नगर विकासका सटरभाडामा छुट देउ !
नेपालगन्ज - व्यवसायिक हकहित संरक्षण समिति कोहलपुरले घरभाडा छुट लगाएतको माग राखेर बुधबार कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठ र सचिव तिलक सिंह कार्कीको हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र नगर प्रमुख पूर्ण प्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाललाई बुझाइएको हो ।
दुई वर्ष अघिको कोरोना महामारीका कारण व्यापार व्यवसाय धरासयी भएको भन्द









