वन्यजन्तुलाई पानी र घाँस जुटाउनै धाैधाै
नेपालगन्ज । देशकै कान्छाे राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुलाई पानी र घांसकाे ब्यवस्थापन गर्नै धाैधाै परेकाे छ । चुरेभावर क्षेत्रकाे भुगाेलमा रहेकाे याे निकुञ्जमा न भरपर्दो पिउने पानी छ नत घाँसे मैदान नै !
निकुञ्जमा तालतलैया छैन । अधिकांस खाेला खहरे भएकाले कहिँकतै पनि पानी जमेकाे देख्न पाइदैन । प्रशस्त वनक्षेत्र भए पनि घाँसे मैदान छैन । निकुञ्ज प्रशासनलाई यी दुवै कुराकाे जाे









