चाडपर्वका पर्यटकले ठाकुरद्धाराका व्यवसायीलाई जगायो आशा
नेपालगन्ज १३ कात्र्तिक । वडा दशैँको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउने पर्यटकहरुको कारण ठाकुरद्धाराक्षेत्रका होटल र होमस्टे भरिए ।
कोभिड,आर्थिक मन्दीका कारण खस्कदो व्यापारबीच चाडपर्वले आशा जगाएको बताउँछन्,बर्दिया गैंडा क्याम्पसका संचालक रामजी थापा । उनी भन्छन्,—‘दशैंका बेला आएका पर्यटकहरुले हामीलाई उत्साहित बनाएको छ ।’
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार, शुक्रबारसम्म आन्









