धुलिकोटे दरबार बन्न सक्छ चिसापानीकाे अर्को पर्यटकिय गन्तव्य !
शब्द/तस्वीर - भाेजराज भाट
-रानी पद्यमकुमारी, रानीकुलो, धुलिकोटे दरबार र सत्तीको पद्यमप्रकाशेश्वर मन्दिरको कथा-
कर्णाली चिसापानी पुलबाट डेढ सय मिटर पश्चिम, अहिलेको सिद्धबाबा होटेल छेऊ नजिक उत्तरतिर गोरेटे बाटो निर्माण गरिएको छ, त्यसलाई पछ्याउँदै तीन घण्टा उक्लियो भने चुरेको शिरानमा एक सुन्दर रहस्यमयी उपत्यका पुगिन्छ । जंगलको बीचमा पानीका नौला छन् । टुंडिखेल मैदान । धुलिकोटे दरबारको भग्नाव









