राजधानी जस्तै प्रादेशिक विश्वविद्यालय गुमाउने पक्षमा छैन नेपालगन्ज
बाँके २७ जेठ : संघीय संरचना कार्यान्वयनसंगै नेपालगन्जमा रहेको प्रशासनिक शक्ति कमजोर बन्दै गयो । एकपछि अर्को सरकारी कार्यालय बुटवल र दाङ्ग सरेपछि यहाँ निरासा छाएका बेला प्रादेशिक बिश्वबिद्यालयको बहसले भने उत्साह जगाएको छ ।
प्रदेश नम्बर ५ सरकारले प्रादेशिक बिश्वबिद्यालय निर्माणका लागि अध्ययन गरिरहेको छ । उक्त अध्ययन समितिले पहिलेबाटै बिश्वबिद्यालयको माग गर्दै आन्दोलन चर्काएको नेपालगन्जलाई प्र









