धैर्य बनेर राष्ट्रकाे समस्या समाधान गराैं-महासचिव पाेखरेल
नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले युवाकाे भविष्यलाई एमालेले सुरक्षित गर्ने बताउनुभएको छ । उहाँले राष्ट्र निर्माणका सवालमा धैर्यता देखाउन आग्रह गर्दै अन्यथा दुर्घटना निम्तिने खतरा औल्याउनु भएको छ ।
शुक्रबारदेखि नेपालगन्जमा शुरु भएको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घ नेपालको १२औँ महाधिवेशनको उद्घाटन समारोहमा महासचिव पोखरेलले एमालेले युवाकाे नाममा राजनीति नगरेक









