सूचना/प्रविधि

नेपालगञ्जमा यस्तो बन्दै छ भाटभटेनीको भवन

नेपालगञ्जमा यस्तो बन्दै छ भाटभटेनीको भवन

   
नेपालगञ्ज ३ कात्र्तिक - आगामी फाल्गुण महिनादेखि सन्चालन गर्ने तयारीमा रहेको भाटभेटनी सुपरमार्केटले नेपालगञ्जमा (नेपालगञ्ज १८ कान्तिपुर कार्यालय जाने बाटोमा)पूर्वाधार निर्माणको काम धमाधम गरिरहेको छ । काम शुरु भएको केही महिनामै उसले अन्डरग्राउण्ड पार्किग सहितको ठुलो भवन सम्पन्न गर्ने तयारीमा छ । स्वदेशी बजारमा दैनिक किनमेलको वस्तु एउटै छानामूनि उपलब्ध गराउने व्यवसायको शुरुवात गरेको श्रेय पाएको सुप
आजतकले भन्यो,–‘नेपालको शुन्दर ठाउँ घुम्न जाऔं ’

आजतकले भन्यो,–‘नेपालको शुन्दर ठाउँ घुम्न जाऔं ’

   
नेपालगञ्ज ३ कात्र्तिक : भारतको चर्चित संचारगृह ‘आजतक’ले  थोरै बजेटमा पनि नेपालका शुन्दर पर्यटकीयस्थल घुम्न सकिने भन्दै एकपटक नेपाल पुग्न आग्रह गरेको छ । आजतकको अनलाइन संस्करणले ‘थोरै बजेटमा पहिलो पटक वल्र्ड टुर’ गर्न सकिने १२ वटा देशको सूचिमा नेपाललाई पहिलो नम्बरमा राख्दै यस सम्बन्धी बिस्तृत समाचार नै प्रकाशन गरेको छ । ‘बिश्व भ्रमण गर्ने तपाईको इच्छा पुरा भएन ? यही हुन थोरै बजेटमा घुम्न सकिने ब
नेपालगञ्जमा कफी बनाउन सिकाउँने स्कुल सञ्चालन

नेपालगञ्जमा कफी बनाउन सिकाउँने स्कुल सञ्चालन

   
नेपालगञ्ज ३ कात्र्तिक - कफी क्याफेसंगै कफीका पारखीहरु बढ्दै छन् । कफी पिउनेहरु त धेरै छन् तर बनाउने जनशक्तिको भने अभाव छ । तर अब नेपालगञ्जमै कफी बनाउने जनशक्ति उत्पादन गर्ने स्कुल खुलेको छ । ट्वीस्ट हस्पिटालिटीले आज आईतवारदेखि ट्वीस्ट स्कुल अफ बरिष्टा शुरु गरेको छ । जसले राम्रो कफी बनाउने जनशक्ती उत्पादन गर्ने सन्चालक सन्जय श्रेष्ठ बताउँछन् । ‘राम्रो कफी बनाउने जनशक्तीको अभाव हटाउन स्कुल खोलेका
बाँकेमै सयपत्री फुलको व्यवसायीक खेती

बाँकेमै सयपत्री फुलको व्यवसायीक खेती

   
बाँके ३ कात्र्तिक - यसपाली तिहारमा बाँकेमा उत्पादन भएको सयपत्री फुल लगाउन पाइने भएको छ । काठमाण्डौ र भारतबाट आयात गरेर काम चलाउने गरिएको भएपनि पछिल्लो समय स्थानीयस्तरमा उत्पादन हुन थालेको हो । खजुरा गाउँपालिका –१ की २८ वर्षिया निनु पाण्डेले खजुरामा यसपटक देखि सयपत्री फुल उत्पादन शुरु गरेकी छन् । नेपालगन्जमा फ्लोरी कल्चर पसल ‘फ्लोरल डिलाईट’ सन्चालनमा ल्याएकी उनले सयपत्री फुल उत्पादन शुरु गरेकी ह
भञ्सार वाकथ्रु र लगेज एक्सरे मेशिन, सामान किन्न सिमापारी जानेलाई कष्ट !

भञ्सार वाकथ्रु र लगेज एक्सरे मेशिन, सामान किन्न सिमापारी जानेलाई कष्ट !

   
नेपालगञ्ज २ कात्र्तिक - नेपालगञ्ज भञ्सार कार्यालयले जमुनाह चेकपोष्टमा अत्याधुनिक सुविधा सहितको यात्रु शाखा शुक्रवारदेखि सञ्चालनमा ल्याएको छ । वाकथ्रु र लगेज एक्सरे मेशिन जडान गरिएको यात्रु शाखाको औपचारिक उद्घाटन गर्न केही दिनमै भञ्सार विभागका महानिर्देशन आउने प्रमुख भञ्सार अधिकृत शान्तिराम निरौलाले बताए । वाकथ्रु गेटले यात्रुले ल्याउने हर प्रकारका सामानको पहिचान गर्छ भने लगेज एक्सरे मेशिनले झेल
कर्णालीको रैथाने ‘ब्राण्ड’ चिनाउन व्यापार महोत्सव,रु ५ करोड कारोवारको लक्ष्य

कर्णालीको रैथाने ‘ब्राण्ड’ चिनाउन व्यापार महोत्सव,रु ५ करोड कारोवारको लक्ष्य

   
सुर्खेत १ कात्र्तिक - आगामी मंसिर १८ देखि २४ गतेसम्म सुर्खेतको बिरेन्द्रमा आयोजना हुने प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव–२०७६ को औपचारिक घोषणा गरिएको छ । शुक्रवार बिरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मिति घोषणा गरिएको हो । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कर्णाली प्रदेश अध्यक्ष चन्द्र बिसी, सुर्खेत जिल्ला अधिकारी सुमननाथ
उत्तरप्रदेशबाट पर्यटक कहिले भित्रा्उने ?

उत्तरप्रदेशबाट पर्यटक कहिले भित्रा्उने ?

   
नेपालगञ्ज १ कात्र्तिक - उत्तर प्रदेश भारतको सबैभन्दा ठुलो प्रान्त हो । जुन बाँके, बर्दियासंग सीमा जोडिएको छ । १६ करोड बढि जनसंख्या भएको उक्त प्रदेशसंग नेपालगञ्जको पर्यटन सम्बन्ध बिस्तार गर्न सकिने प्रशस्त सम्भावना भए पनि काम भन्दा कुरा धेरै हुनाले मुर्तरुप लिन सकेको छैन् । करोडौको जनसंख्या भएको यूपीबाट थोरै मात्र पर्यटक ल्याउन सके पश्चिमको पर्यटकीयस्थलले फाईदा लिन सक्छ भन्ने चेत खुले पनि त्यसलाई
राराको ‘पिकसिजन’ राम्रो, असोजमा मात्र १८ सय ३ जना पर्यटक पुगे

राराको ‘पिकसिजन’ राम्रो, असोजमा मात्र १८ सय ३ जना पर्यटक पुगे

   
नेपालगञ्ज ३० असोज – राराको ‘पिकसिजन’कोे शुरुवात राम्रो भएको छ । असोज, कात्र्तिक, मंसिर महिनालाई रारा घुम्न उपयुक्त पिकसजिन मानिन्छ । पुस पछि हिउँ पर्ने र असार, साउनतिर बर्षा लाग्ने भएकाले त्यसबेला नगन्य मात्रामा पर्यटक पुग्ने गरेका छन् ।  रारा राष्ट्रिय निकुञ्जका अनुसार, यस वर्षको असोज महिनामा मात्र १८ सय ३ जनाले रारा पुगेका छन् । त्यस मध्ये सबैभन्दा बढि १ हजार ७ सय ४४ नेपाली, ११ जना बिदेशी र ४८
सिमापारको व्यापार प्रभाव घटाउन ‘इन्ट्री सिस्टम’ राख्न माग

सिमापारको व्यापार प्रभाव घटाउन ‘इन्ट्री सिस्टम’ राख्न माग

   
नेपालगञ्ज २९ असोज - नेपालगञ्जका उद्योगी व्यवसायीले सिमापारीको व्यवसायलाई नियमन गर्न भञ्सार नाकामा ‘इन्ट्री सिस्टम’ शुरु गर्न माग गरेका छन् । नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसियशनको बुधवार सम्पन्न चौथो साधारणसभामा बोल्ने बक्ताहरुले सिमापारीको व्यवसायलाई समयमै नियमन नगर्ने हो भने स्वदेशी बजार थप धरासायी बन्ने निश्चित भएको ठोकुवा गरे । कार्यक्रममा प्रमुख अतिथी नेपालगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपा
होटल स्नेहा -क्यासिनो बिवाद : अल्टिमेटम सकियो, अब के होला ?

होटल स्नेहा -क्यासिनो बिवाद : अल्टिमेटम सकियो, अब के होला ?

   
नेपालगञ्ज २९ असोज - होटल स्नेहा र ह्याप्पी आवर प्रालि विवाद अन्त्य भएको छैन । क्यासिनोमा ताला लगाउने होटल स्नेहाले दिएको अल्टिमेटम आज सकिएको छ । ह्याप्पी आवर प्रालि ( मिनी क्यासिनो)ले सरकारलाई लिज बक्यौता नतिरेपछि होटल स्नेह प्रालिको स्तरोन्न्ती रोकिएको छ । जसका कारण होटल र क्यासिनोबीच बिवाद चुलिएको छ । ह्याप्पी आवर प्रालिले होटल स्नेहलाई सम्झौता अनुसारको सर्त पालना नगरेको भन्दै होटल स्नेहकोतर्