सूचना/प्रविधि

दशैं अफरमा ओप्पोको  मुल्य घट्यो

दशैं अफरमा ओप्पोको मुल्य घट्यो

   
नेपालगञ्ज -दशैं तिहारलाई लक्षित गरी ओप्पो मोेवाईलमा बिशेष छुट दिएको छ । क्यामेराका लागि बिशेष मानिने बिश्वकै चर्चित ब्राण्ड ओम्पो मोवाईलले बिभिन्न मुल्यका मोवाईल सेटमा अफर दिएको हो । नयाँ मुल्य सोमबारबाट लागु भएको छ । अफर मुल्य यस्तो छ ।
नाडा अटो शो २०१९ सम्पन्न

नाडा अटो शो २०१९ सम्पन्न

   
काठमाडौं - नाडा अटो शो २०१९ भदौ १५ गते आइतबार काठमाडौ भृकुटी मण्डपमा सम्पन्न भएको छ । भदौ १० गतेबाट सुरु भएको नाडा अटो शोमा करिब ८५ हजार अबलोकनकर्ताहरुले अबलोकन गरेको नाडाले जानकारी दिएको छ । मेला विगतमा भन्दा ठूलो स्थानमा, निकै ब्यवस्थित, उत्कृष्ट स्टल र लेटेष्ट सवारी साधनका कारण निकै भब्य भएको छ । यस मेलाको मुख्य आर्कषणको रुपमा केही नयाँ ब्रान्डका सवारी साधन र केही ब्रान्डले ल्याएका हाइव्रिड र
नेपालगञ्जका सबैभन्दा महङ्गा जग्गा ,जसको न्यूनतम मुल्य प्रति कठ्ठा ५९ लाख ८० हजार छ

नेपालगञ्जका सबैभन्दा महङ्गा जग्गा ,जसको न्यूनतम मुल्य प्रति कठ्ठा ५९ लाख ८० हजार छ

   
नेपालगञ्ज -नेपालगञ्जमा सबैभन्दा महङ्गो मूल्य पर्ने जग्गा कहाँको होला ? चलनचल्तीमा कयौं गुणा धेरैमा जग्गाको किनबेच भए पनि घरजग्गा न्यूतम मुल्य निर्धारण समितिले बाँकेमा रहेका आठ वटै स्थानीय तहभित्र रहेका जग्गाको न्यूनतम मुल्य निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा गत असार २५ गते बसेको बैठकले नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका जग्गामा १५ प्रतिशत र अन्य स्थानीय
बुद्ध एयरले नेपालगञ्जमा चौथो उडान थप्ने

बुद्ध एयरले नेपालगञ्जमा चौथो उडान थप्ने

   
नेपालगञ्ज - बुद्ध एयरले नेपालगञ्ज–काठमाण्डौं रुटमा चौथो उडान थप्ने भएको छ । सेप्टेम्बर १५ तारिखबाट नयाँ उडान थप्ने योजना रहेका् बुद्ध एयर नेपालगञ्जका प्रमुख बिनित विक्रम शाहले जानकारी दिए । ‘अहिले हामी उडान थप्ने तयारीमा छौं । सम्भवत सेप्टेम्बर १५ बाट यो काम शुरु हुन्छ ।’– शाहले भने । बुद्ध एयरले अहिले नेपालगञ्जबाट दैनिक तीनवटा उडान भर्दै आएको छ । यात्रुको चापलाई मध्यनजर गर्दै उक्त कम्पनीले उडान
‘द गोल्डेन ब्लिस’को शुक्रवारदेखि ‘सफट् ओपनिङ्ग’

‘द गोल्डेन ब्लिस’को शुक्रवारदेखि ‘सफट् ओपनिङ्ग’

   
नेपालगञ्ज – राँझा बिमानस्थल नजिक रहेको तीन तारे होटल ‘द गोल्डेन ब्लिस’को शुक्रवारदेखि ‘सफट् ओपनिङ्ग’ गरिएको छ । एकवर्ष अघि शुरु भएको होटलको निर्माणको काम सकिए पछि ओपनिङ्ग गरिएको सञ्चालक सिताराम यादवले बताए । ग्राण्ड ओपनिङ्ग भने दशैंतिर गर्ने योजना रहेको यादवको भनाई छ । राँझा विमानस्थल नजिकै सुर्खेतरोडसंग जोडिएको होटल ‘द गोल्डेन ब्लिस’ मा हालसम्म रु ४० करोड बढि लगानी भइसकेको छ । होटलमा रेष्टुरेन
सन्देश र प्रतिक ट्राभल्स् ‘मर्ज’, अन्र्तराष्ट्रिय हवाई टिकटदेखि ‘टुर प्याकेज’मा काम गर्ने

सन्देश र प्रतिक ट्राभल्स् ‘मर्ज’, अन्र्तराष्ट्रिय हवाई टिकटदेखि ‘टुर प्याकेज’मा काम गर्ने

   
नेपालगञ्ज १३ भदौ - सन्देश ट्राभल्स् र प्रतिक ट्राभल्स् एकआपसमा ‘मर्ज’ भएर ‘नेपालगञ्ज होलीडेज प्राली’ बनेको छ । यि दुवै ट्राभल्स्ले नेपालगञ्जमा रहेर लामो समयदेखि एयरलाइन्सको टिकटिङ्गको सेवा दिदै आएका थिए । तर अब अन्र्तराष्ट्रिय टिकटिङ्गदेखि धार्मिक तथा पर्यटकियस्थलको बिशेष प्याकेज सञ्चालन गर्ने गरी नयाँ काम शुरु गर्न लागिएको छ । सन्देश श्रीराम सिग्देलको हो भने प्रतिक तिलक बिकको हो । ‘टिकटिङ्गसंग
‘अपग्रेड’ पछि यस्तो देखिन्छ होटल सिद्धार्थको स्विमिङ्ग पुल(भिडियो सहित)

‘अपग्रेड’ पछि यस्तो देखिन्छ होटल सिद्धार्थको स्विमिङ्ग पुल(भिडियो सहित)

   
होटल सिद्धार्थ कारकारदो, नेपालगञ्जको स्विमिङ्ग पुल यस्तो देखिन्छ । हालैमात्र उक्त होटलले स्विमिङ्ग पुल अपग्रेड गरेको छ । https://www.facebook.com/hotelsiddharthanepalgunj/videos/2447618555299285/?t=9    
कोहलपुरमा नेपाल ग्याँसको बोटलिङ प्लान्ट बन्दै, ‘कर्णाली’ ब्राण्डको ग्याँस बेच्ने

कोहलपुरमा नेपाल ग्याँसको बोटलिङ प्लान्ट बन्दै, ‘कर्णाली’ ब्राण्डको ग्याँस बेच्ने

   
नेपालगञ्ज - बाँकेको कोहलपुरमा बोटलिङ प्लान्ट स्थापनाको काम शुरु गरेसंगै नेपाल ग्याँस कम्पनी पश्चिमकोे बजारमा प्रवेश गर्दै छ । नेपाल ग्यास कर्णाली ब्राण्डमा यस क्षेत्रमा ग्यास बिक्री गर्ने कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिए । देशकै पुरानो र ठुलो मध्येको ग्याँस कम्पनीका रुपमा रहेको नेपाल ग्याँसको बजार अहिले नारायणी अन्चलपूर्वसम्ममा रहेको छ । तर अब उसले आक्रमकरुपमा पश्चिम नेपालको बजारम
‘तस्करीका कपडा गाउँ–गाउँ पुगे, वैध व्यापारीलाई मर्का भयो’

‘तस्करीका कपडा गाउँ–गाउँ पुगे, वैध व्यापारीलाई मर्का भयो’

   
नेपालगञ्ज १० भदौ - अवैध सामानको आयात नियन्त्रण गर्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा त्यसक्षेत्रमा व्यवसायीले मंगलवार नेपालगञ्ज भञ्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय प्रमुखसंग भेटेका छन् । अवैधरुपमा भित्रिएका सामानहरु गाउँ गाउँ पुगेर बिक्री बितरण गर्दा बैधरुपमा कर तिरेर ब्यापार गरिरहेकाा आफुहरु मर्कामा परेको व्यवसायीको गुनासो छ । तुलसीपुरबाट आएका व्यवसायीले भञ्सार प्र
बुवाको मुख हेर्ने दिनमा एस–क्याफेले दियो केक र मिठाईमा १५ % छुट

बुवाको मुख हेर्ने दिनमा एस–क्याफेले दियो केक र मिठाईमा १५ % छुट

   
नेपालगञ्ज - भदौ १३ गते परेको कुशे औंसीको अवसर पारेर एस–क्याफेले देशभरका ‘आउटलेट’बाट ‘केक’ र मिठाईमा छुट अफर सार्वजनिक गरेको छ । ‘बुवाको मुख हेर्ने दिनलाई सम्झनायोग्य’ बनाउन उक्त क्याफेले केक र मिठाईमा १५ प्रतिशत छुट दिने भएको हो । यो अफर भदौ ११ गते अगाडीसम्म लागू हुने छ । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले सञ्चालन गरेको एस क्याफेका आउटलेटहरु काठमाण्डौको न्यूरोड,जमल,तिनकुने र बाँकेको नेपालग