जडीबुटी संकलनको सीमाले अवैध निर्यातलाई टेवा !
निकेश खत्री
काठमाडौं । पाँच टनभन्दा बढी जडीबुटी संकलन गर्दा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गराउनुपर्ने प्रावधानका कारण अवैध रूपमा जडीबुटी निकासी गर्न टेवा मिलेको छ । एउटा वनक्षेत्रबाट पाँच टनभन्दा बढी जडीबुटी संकलन गर्दा ईआईए गराउनुपर्ने सरकारी प्रावधान छ ।
जडीबुटी उत्पादक तथा निर्यातकर्ता भने ईआईए निकै झन्झटिलो हुने, सरकारी कर्मचारीहरूले संकलन बापत प्रतिशतमा रकम माग गर्ने तथा अवैध









