एप्पललाई उछिन्दै साओमी बन्यो विश्वको तेस्रो ठूलो स्मार्टफोन, उत्कृष्ट ५ मध्ये ३ ब्रान्ड चीनका
विश्वकै मूल्यवान ब्रान्ड एप्पलले स्मार्टफोनको विश्वबजारमा आफ्नो प्रभाव थप गुमाउँदै गएको तथ्यांकले देखाएको छ ।
एप्पलले स्मार्टफोन उत्पादन गरेर विश्व बजारमा सिपमेन्ट (ढुवानी) समेत पठाउने दर समेत पछिल्लो तीन वर्षयता लगातार घट्दै गएको छ । स्मार्टफोन ब्रान्डको बजार प्रभुत्वको श्रेणीकरण (र्याङ्किङ) का लागि सम्बन्धित कम्पनी वा ब्रान्डले सिपमेन्ट गरेको फोनको संख्या र बजार हिस्सालाई आधार मान्ने गरिएको