चोरीका घटनाबाट आजित व्यवसायी, सुरक्षा माग्दै प्रहरीलाई बुझाए ज्ञापनपत्र
नेपालगञ्ज/ एक पछि अर्को चोरीका घटना भएपछि नेपालगञ्जका इलेक्ट्रोनिक्स व्यावसायीहरु सुरक्षा माग गर्दै जिल्ला प्रहरी कायालय बाँके पुगेका छन् । नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसियनको अगुवाईमा गएको व्यावसायीको टोलीले आज साँझ जिल्ला प्रहरी प्रमुख बीरबहादुर ओलीसंग भेटेर ज्ञापनपत्र बुझाएको छ । एशोसियसनका अध्यक्ष चिरञ्जीवी ओलीले जिल्ला प्रहरी प्रमुखसंग ‘सुरक्षा सुनिश्चिता’ माग गरेको बताए । उनले भने,–‘जहाँ–जहा