भिडियो
रिकन्डिसन बजारः ३० हजारबाटै पाइन्छ बाइक, यी हुन् धेरै खोजिने ब्रान्ड
मोटरसाइकल आवश्यक भएका तर नयाँ किन्ने सोच नबनाएका उपभोक्तालाई रिकन्डिसनले राम्रो अवसर दिएको छ । काठमाडौंका रिकन्डिसन हाउसले न्युनतम ३० हजार रुपैयाँदेखि ४/५ लाख रुपैयाँसम्मका सेकेन्ड ह्यान्ड मोटरसाइकल बिक्री गर्दै आएका छन् । मोटरसाइकलको अवस्था, माइलेज, पार्ट, नयाँ वा पुरानो कस्तो मोटरसाइकल हो सोही आधारमा मोटरसाइकलको मूल्य निर्धारण हुने गरेको छ । ग्राहकबाट लिँदा र बेच्दा करिब ५ देखि २०/२५ हजार रुपै
ठेकेदारलाई सरकारी निकायबाट हुने भूक्तानीमा ५०% भ्याट काट्न थालियो
-सविन मिश्र/बिजमाण्डू
काठमाडौं। सरकारी निकायले ठेकेदारलाई दिने भूक्तानीमा मूल्य अभिवृद्धि कर (भ्याट)को ५० प्रतिशत रकम राजस्व खातामा जम्मा गर्न थालेका छन्। सरकारी निकायले आफूले लगाएको कामको भूक्तानी दिँदा ठेकेदारको नाम र स्थायी लेखा नम्बरसहित कूल भ्याटको ५० प्रतिशत रकम सिधै राजस्व खातामा जम्मा गरिदिन थालेका हुन्।
'हामीले दिनुपर्ने कामको भूक्तानी दिँदा ५० प्रतिशत भ्याट राजस्व खातामा दाखिला गर्ने
सावधानी अपनाउनु होस् ! कोहलपुरमा बिषालु सर्पले खरायो निल्यो
बाँके (कोहलपुर) २८ जेठ : गर्मीको मौसम छ । यस्तो मौसममा बिषालु सर्प दुलोबाट निस्किने भएकाले सावधानी अपाउनुहोला । मंगलबार बिहान कोहलपुर–१२ को एउटा घरमा बिशालु सर्पले खोरभित्र पसेर खरायो खाएको छ ।
खरायो हेर्न खोरभित्र हात हालेकी बालिका सर्पदशबाट जोगिएकी छन् । स्थानीय नारायणी ओलीको घरमा रहेको खरायोको खोरमा सर्प पसेको हो । ओलीका अनुसार उक्त सर्प अत्यन्त बिषालु गोमन हुन सक्ने अनुमान छ ।
‘बिहान उठे
सांग्रिला डेभलपमेन्ट बैंकमा खाता खोल्नेलाई १६ लाखसम्मको बीमा
नेपालगन्ज : सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ बचत खाता योजना ल्याएको छ । “बचत पनि बीमा पनि” नामक यस योजना अन्तर्गत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी तीन नयाँ बचत खाताहरु रहेका छन् ।
यस योजना अनुसार खाताहरु खोल्ने ग्राहकलाई १६ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरिएको छ । खाताको प्रकृति हेरी दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमा सम्बन्धी सुवि
द्वन्द्वले तहसनहस बनायो नेपाली चामल उद्योग
-दुर्गा देवकोटा
लम्की। दुई दशकअघि भारतलगायतका देशमा चामल निर्यात गर्ने कैलालीका ठूला चामल उद्योगहरु खण्डहर बनेका छन्। अन्नभण्डारका रूपमा चिनिने दर्जन बढी ठूला चामल उद्योग सशस्त्र द्वन्द्वपछि खुल्न सकेका छैनन्। टीकापुर र नारायणपुरका उद्योगबाट उत्पादित चामल भारतको तिकुनियाँमा भण्डारण गरिन्थ्यो। तिकुनियाँबाट भैरहवा नाका हुँदै नेपाल भित्रिन्थ्यो र खपत हुन नसकेको चामल व्यवसायीले भारतमा बिक्री गर्थे
हिरो स्प्लेन्डर नेपालमा पनि नम्बर वान ?
नेपालगन्ज : भारतीय बजारमा हिरो स्प्लेन्डरले लामो समय देखि राज कायम गर्दै आएको छ । सबैभन्दा बढी बिक्री हुने दुई पांग्रे सवारी साधनको रुपमा हिरो स्प्लेन्डरको पहिचान कायम छ । के नेपालमा पनि नम्बर वान भन्न मिल्छ ? नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिका सेल्स म्यानेजर दिनेश बज्राचार्य समेत यो कुरा दावी गर्छन् । भन्छन्, ‘१०० सीसी सेगमेन्टमा नेपालमा पनि स्प्लेन्डर नम्ब
होटलले ग्यास किन्दा तिरेको भ्याट मासिक दावी गर्न नपाउने
काठमाडौं। पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको धेरै उपयोग गर्ने होटल तथा ठेकेदारले बुझाउने करको विवरणमा सरकारले कडाई गरेको छ। पेट्रोलियम पदार्थको खरिदमा मासिकरुपमा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण बुझाउँदा क्रेडिट दावी गर्न पाउने यसअघिको व्यवस्था आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक ऐनबाट खारेज गरिएको छ।
यो व्यवस्थाको खारेजीसँगै अब कुनै पनि व्यावसायिक संस्था, ठेकेदार कम्पनी तथा अन्य फर्मले मास
बाघको आक्रमणबाट घाइते उपचारपछि घर फर्किदा भब्य स्वागत
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरीमा बाघसंग लडेका ५० वर्षीय दीपबहादुर श्रीषको नेपालगन्जमा भव्य स्वागत गरिएको छ । गत १३ गते सोमबार साँझ पाटेबाघको आक्रमणमा परेर श्रीष सहित तीन जना घाइते भएका थिए । बाघसंग लडेका श्रीष घाइते भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार गरिएको थियो । करिब १४ दिनपछि श्रीषलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज भएपछि श्रीसका स्व


