जुस आयातमा भन्सार बढेपछि बंगलादेशी कम्पनी प्रानलाई ठूलो धक्का
काठमाडौं। फलफूलको रस लगायत चिसो पेय पदार्थको बजार माग बढिरहेका बेला सरकारले आयातलाई निरुत्साहित गरेपछि स्वदेशी उद्योगको बजार विस्तार हुने भएको छ। सस्तो मूल्यांकन र राजस्व छलेर भित्र्याइएको बंगलादेशी उत्पादनसँग मूल्य प्रतिस्पर्धा गर्न नसक्दा बजार हिस्सा गुमाउँदै गएका स्वदेशी उद्योगले अब पुनः बजार विस्तारको अवसर पाउने भएका हुन्। विदेशी उत्पादनसँग मूल्य प्रतिस्पर्धाकै कारण १५ देखि २० प्रतिशतको दरले









