जग्गा भाडामा लिएर उद्योग चलाउन पाइने, सिमेन्ट र छड नेपाली नै प्रयोग गर्ने घोषणा
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बर्षको बजेट प्रस्तुत गर्दै उद्यम गर्नका लागि जग्गा भाडामा लिने ब्यवस्था गर्ने बताएका छन्। उनले अतिक्रमित जग्गासमेत सरकारी स्वामित्वमा ल्याइसक्ने बताए।
सहकारीमा भएको निक्षेप र ऋणको सुरक्षण गर्दा सहकारी कर्जा तथा निक्षेप सुरक्षण कोष निर्माण गरिने भएको छ। साथै सहकारी कर्जा सुचना केन्द्र स्थापना पनि गरिने भएको छ। पर्यटन क्षेत्रको पूर्वाधार विकासका ल