गायनबाट चम्किएका खेम भौगरिया


भगतराम थारु
बाँके :  गायनक्षेत्रमा लागेर पैसा कमाईन्छ ? धेरैले एकपटक सोच्छन् । तर गायक खेम भौगरियाले डेढ दशक गायन क्षेत्रमा काम गरेर ३५ लाख बराबरको घर जोडे । घरबास भए अरु चाहियो र ? कोहलपुर नगरपालिका ११ लोकनगरका गायक खेम भौगरियाले एक तले ६ कोठाको पक्की घर गीत गाएरै निर्माण गर्न सफल भएको बताए ।
अरु कुनै पेशा छैन गीत गाएरै यहाँसम्म पुगेको छु, भौगरियाले भने । डेढ दशकमा सय बढि गीतहरुमा स्वर दिएको छु भौगरियाले बताए । दर्शकहरुको माया र सहयोगले कलाकारिता पेशामै रमाउन सफल भएको बताउँदै गायक भौगरियाले गायन पेशामै आफू सन्तुष्ट रहेको
बताए । क्यासेटको जमानादेखि हालसम्म गीत संगितमै निरन्तर लागेको हुनाले सवैको उत्तिकै माया पाएको छुँ उनले बताए ।
ऐहो मोर राम भाई सुनिदेउ विरहक कहानी भन्ने बोलको थारु गीतबाट गायन क्षेत्रको सुरुवात गरेको गायक भगौरियाले अहिलेसम्म सयभन्दा बढि गीतमा स्वर दिइसकेको बताए । अहिलेसम्म मलाइ दर्शकले हेरो हेरो यी कैसिन रीति देखती बातु, निस्ठुरी ना कहो महिन समय भइल निस्ठुरी, फुला असक फुलल मैयक वारीम, लेहगावाली गोरी, मछरी मारे जइ हो गोरी र रंगिन चोलीमा भन्ने बोलको गीतबाट झनै गायन पेशामा हौसला थपेको गायक भौगरियाले बताए ।
क्यासेटको जामानदेखि अहिलेसम्म निरन्तर गीत गाउँदै आएका भौगरियाले चारवटा नेपाली र एउटा भोजपुरी गीतमा समेत स्वर दिएको बताए । बढिसे मलाई महोत्सव कार्यक्रमहरुमा माग आउने गरेको छ भौगरियाले भने ।
क्यासेटको जामानदेखि अहिलेसम्म निरन्तर गीत गाउँदै आएका भौगरियाले चारवटा नेपाली र एउटा भोजपुरी गीतमा समेत स्वर दिएको बताए । बढिसे मलाई महोत्सव कार्यक्रमहरुमा माग आउने गरेको छ भौगरियाले भने । पहिले ३० हजार रुपैयामा एक एल्बम तयार हुन्थ्यो भने अहिले ३० हजार रुपियाँ एकवटै अडियो गीतमा खर्च लाग्ने गरेको गायक भौगरियाले बताए । बुवा नन्दलाल चौधरीको कोखबाट जन्मेका गायक भौगरिया रातके निद चुराईलो भन्ने बोलको गीतले संगित स्वरमा थारु अवार्ड समेत दिलाउन सफल भएको उनले बताए । पहिले बुवा मुक्त कमैया बस्नुभएको थियो म सानै उमेरदेखि गायन पेशालाई अंगाले उनले भने ।
बुवा मुक्त कमैया बस्दा र म गायन पेशा अंगाल्दाको अवस्था दर्दनाक रहेपनि आफु कहिल्यै नझुकी कामलाई निरन्तरता दिएको भौगरियाको भनाई छ । दिल्याम मछि भरल बा हर कुलियाम गेगता धरल बा भन्ने बोलको गीत केही दिनमै निकाल्ने तयारीमा रहेको उनले बताए ।

प्रकाशित मितिः     ५ मंसिर २०७५, बुधबार १५:४३  |