बाँके : रक्षक सेक्युरिटिजले आधुनिक उपकरण सहितका सुरक्षाकर्मी ( गार्ड) उपलब्ध गराउन थालेको छ । रक्षकले नेपालगन्जमा वेष्र्टन हस्पिटल, एचसिआरसि जस्ता स्वास्थ्य संस्थामा पहिलो पटक सुरक्षाकर्मी उपलब्ध गराएको हो । अन्य क्षेत्रमा पनि माग आइरहेका बेला जतिसक्यो छिटो सुरक्षाकर्मी उपलब्ध गराउने रक्षक सेक्युरिटिजले जनाएको छ ।
काठमाण्डौंमा प्रधान कार्यालय रहेको रक्षक नयाँ शैलीका साथ आएको छ । उसले गार्डहरु उपलब्ध गराउने परम्परागत शैलीमा परिवर्तन ल्याई गार्डहरुलाई आधुनिक सुरक्षा उपकरण प्रदान गरिरहेको रक्षक सेक्युरिटिजका कार्यकारी अध्यक्ष जय नारायाण शाहले जानकारी
दिए । शाहका अनुसार रक्षकका सुरक्षाकर्मीहरुलाई आधुनिक सन्चारयन्त्रहरु वाकीटकी, मेटल डिटेक्टर जस्ता सामाग्री उपलब्ध गराईन्छ ।
सेवा लिने दाताहरुको आवश्यकताका आधारमा सामाग्री उपलब्ध हुने छन् । बैंक, गरहगनाका पसल जस्ता सुरक्षा संवेदनशिलता हुने ठाउँमा बिशेष व्यवस्था हुने जनाइएको छ । ‘चुस्तदुरुस्त सुरक्षा व्यवस्था मिलाउनका लागि आधुनिक उपकरणसहितका सुरक्षाकर्मी पठाइरहेका छौं ।’— शाहले भने,—‘यसले सुरक्षागार्ड लिन चाहानेलाई ढुकक बनाउँछ ।’
रक्षक सेकयुरिटिजको औपचारिक उद्घाटन भएको छैन । त्यसअघि नै सुरक्षाकर्मीको माग भएकाले दिन थालिएको छ । पहिलो चरणमा नेपाली सेनाबाट सेवानिबृत्तलाई मात्र सुरक्षागार्डका रुपमा लिइएको छ । उनीहरुबाट मात्र सेवादातालाई सुरक्षाकर्मी उपलब्ध गराउने शाहले बताए । पछि भने सेना बाहेक नेपाल प्रहरी, सशसत्र प्रहरी, भारतीय सेनाबाट सेवानिबृत्त भएकालाई पनि काममा लगाइने तयारी छ । त्यसपछि प्रशिक्षणमा पोख्त बनाएर गैरसैनिकलाई काममा लगाइने जानकारी दिएका छन् । त्यसका लागि सुविधा सम्पन्न प्रशिक्षण केन्द्र बनाउन लागिएको छ । कार्यकारी अध्यक्ष शाहले उद्योग, कलकारखाना, स्वास्थ्य संस्था जस्ता निकायका लागि रक्षकका सुरक्षाकर्मी उपयोग हुने छन् । नेपालगन्जमा यसको माग अधिक आउने उनले अपेक्षा राखेका छन् ।