बाँके : सशस्त्र प्रहरीले बाँकेमा शितलहरका कारण उत्पन्न हुने समस्याबाट जोगिन अपनाउने उपायका बारेमा बिद्यार्थी र आमनागरिक लाई प्रशिक्षण दिन सुरु गरेको छ । समुदाय, शैक्षिक संस्था, क्लब मार्फत जनसमुदायलार्य शितलहर जस्ता चिसो मौसममा उत्पन्न हुने स्वास्थ्य समस्याबाट कसरी जोगिने भन्ने बिषयमा प्रशिक्षण दिने काम भइरहेको छ । मौसम परिवर्तन सँगै नेपालमा आउने बिभिन्न बिपद्हरु मध्ये शितलरका कारण बिशेष गरी तराई क्षेत्रमा बर्षेनी जनधनको क्षती हुँदै आईरहेको हुँदा बिपदबाट हुने क्षती न्यूनिकरणको लागि जिम्मेवार सुरक्षा निकायको हैसियतले सशस्त्र प्रहरी बल नेपालको बिपद व्यबस्थापनमा महत्वपुर्ण भुमिका रहेको सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म नेपालगन्जका प्रमुख प्रशिक्षकका रुपमा रहेका सशस्त्र प्रहरी नायब निरिक्षक अरुणराज तिमिल्सेनाले बताएका छन् ।
मंगलबार कारकांदोस्थित लब्दहवा माध्यामिक बिद्यालयमा उक्त प्रशिक्षण दिईएको थियो । बिपदलाई पुर्ण रुपमा नियन्त्रण गर्न नसकिएतापनि पुर्व तयारी गरिएको खण्डमा बिपदबाट हुने क्षतीलाई न्यूनिकरण गर्न सकिने गरी प्रशिक्षण दिने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । प्रमुख प्रशिक्षकको रुपमा सशस्त्र प्रहरी नायव निरीक्षक तिमिल्सिना सहयोगि प्रशिक्षकको रुपमा सशस्त्र प्रहरी जवान भुपेन्द्र वली उक्त बिद्यालयमा गई कक्षा ९ र १० मा अध्यनरत छात्र र छात्रा गरी जम्मा ६३ जना बिद्यार्थीहरु तथा शिक्षकहरुलाई प्रशिक्षण दिए ।
शितलहर बिषयमा शितलहरको परिचय, शितलहरको प्रभाव, शितहलरको सामना तथा व्यबस्थापन सम्बन्धी सचेतनात्मक कक्षा संचालन गरिएकोमा बिपदको पुर्व तयारीमा सजग रहन र आफुले सिकेका कुरा बिपद्को बखत लागु गरेमा आफ्नो घर परिवार, छरछिमेकमा समेत लाभ हुने कुरामा शिक्षक,बिद्यार्थीहरु तथा उक्त गुल्मबाट खटि गएका प्रशिक्षकहरु समेत बिश्वस्त भएको भएका छन् ।