एकिकृत भन्सार जाँचचौकी : निर्माण हुने टुङ्गो छैन


भगतराम थारु
बाँके :  जमुनाह नाकामा रहेको एकिकृत भन्सार चौकी निर्माणको काम सुस्त गतिमा अगाडी बढेको  छ । नेपाल सरकार र भारत सरकारले निर्माण गर्न लागेको एकिकृत भन्सार चौकी निर्माणको कार्य सुस्त हुँदा अन्यौलता छाएको छ । ‘एकिकृत भन्सार चौकी बन्ने कुरा सुनेको हो अहिले पनि जस्ताको त्यस्तै छ’– एक स्थानियले भने । नेपाल भारत सिमा क्षेत्र पर्ने बाँकेको जयसपुर दक्षिण तिर ९१ विगहा क्षेत्रफलमा एकिकृत भन्सार चौकी निर्माणका लागि सम्झौता भएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बाँकेका इञ्जिनियर होमनाथ भुषालले बताए ।

अहिले भारततर्फ काँडेतार र रंगरोगन गरेको देखिन्छ भने नेपालतिर खुल्ला सिमाना देखिने एक स्थानियले बताए । चौकी निर्माणका लागि नेपाल भारत विचको सम्झौता भएको हो तर निर्माण कार्यको जिम्मा सवै भारतले पाएको इन्जिनियर भुषालले बता भारततिर काडेतारले घेरेको छ भने नेपालतिर तारमात्रा लगाईको स्थानियको बताए । भारत तर्फले सडक विस्तार देखि लिएर आफ्नो क्षेत्रलाई सुरक्षित गरिसकेको छ नेपालतिर सुनसान देखिने गरेको भारत पचपोखरीका ओमकार नाथ बर्माले भने । नेपाल–भारतबीच भएको सम्झौताअनुसार बाँके जिल्लाको सीमा क्षेत्रमा अन्तराष्ट्रिय व्यापार केन्द्र एवम् एकिकृत भन्सार चौकी प्रक्रियाअघि बढाइएको हो । नेपालगन्ज भन्सारको पश्चिम जयसपुर र साईगाउँ क्षेत्रमा अधिग्रहण गरिएको जग्गामा निर्माणका लागि जग्गा संरक्षणका लागि तारबार गरिएको छ इन्जिनियर भुषालले भने । एकिकृत भन्सार चौकीका लागि नेपालले जग्गाको व्यवस्था गरेपछि भौतिक संरचना निर्माणको काम भारतीय पक्षले ठेक्का लिई कामको प्रक्रिया अगाडी बढाएको उनले जानकारी गराए ।

निर्माण कार्य लगभग सकिएको छ अव सुरक्षा निकायलाई बसाल्ने प्रक्रिया थालेका छौं भुषालले भने । कुल १ सय ८० क्षेत्रफलमा निर्माण हुन लागेको एकिकृत भन्सार चौकी ६३ विगाह जमिनमा घेरा बन्दि गरिएको छ भने २७ विगाह जमिन बाटोको लागि छुट्याएको छ । दुई बर्षको अवधिमा निर्माण काम सम्पन्न हुने गरि ठेक्का भारतले लिएको हो । एकिकृत भन्सार चौकी निर्माणले सामान आयात–निर्यात गर्न व्यापारीलाई सहज हुनुका साथै कर्मचारीलाई पनि काम गर्न सजिलो हुने छ । नेपाल भारत सरकारले सुख्खा बन्दरगाहका लागि २००४ सालमा सर्वे गरिएको भारत पचपोखरीका ओमकार नाथ बर्माले बताए । नेपाल भारतको सिमानामा पर्ने बन्दरगाह पिलर नं. ३१ लाई सेन्टर मानेर दुई देश विचको सम्झौता भएको बर्माले बताए । भारततिर बाटो निर्माणको कार्य भैरहेको पचपोखरीकै सुरेश सोनीले बताए । सर्वे गर्दा २२ हजार रुपैया कठ्ठा जग्गा धनिलाई राज्यले मुआव्जामा दिएको समेत उनले बताए । निर्माणको कार्य गर्ने ठेकेदारसंग १ अरब १५ करोड भारतिय रुपैयामा ठेक्का दिईएको इन्जिनियर भुषालले बताए ।

प्रकाशित मितिः     १ पुष २०७५, आईतवार १२:११  |