स्मार्ट स्कुटर टीभीएस एनटर्क


टीभीएसका नयाँ–नयाँ मोडलका मोटरसाइकल तथा स्कुटर भित्रिइरहेका छन् । सबै मोडलले बजारमा उल्लेख्य चर्चा समेत बटुल्न सफल छन् । बलियो र पावरफुल टु ह्विलर ब्राण्डका रुपमा स्थापित टीभीएसले नयाँ मोडलमा अत्याधुनिक तथा सुविधासम्पन्न फिचर्स समावेश गरेर आधुनिक ब्राण्डका रुपमा आफ्नो पहिचान कायम गरिरहेको छ ।

पछिल्लो समय सार्वजनिक भएका अपाचे सिरिजअन्तर्गतका बाइक लोकप्रिय बनिरहेको बेला कम्पनीले स्कुटरमा समेत स्मार्ट फिचर्स समावेश गरी राइडरहरुको विश्वास जित्न खोजेको छ । जसको ज्वलन्त उदाहरण हो, एनटर्क स्कुटर । १ सय २५ सीसीको यो स्कुटरमा ३० भन्दा बढी नयाँ फिचर्स समावेश गरिएको छ । अन्य ब्रान्डका प्रतिस्पर्धी स्कुटरको तुलनामा एनटर्कको लुक्स तथा स्टाइल पृथक छ ।

यो स्कुटरमा केही यस्ता स्मार्ट र एड्भान्स फिचर छन, जुन अहिलेसम्म अन्य स्कुटरमा छैनन् । स्कुटरको डिजिटल कन्सोल यति स्मार्ट बनाइएको छ कि मोबाइलमा आएको फोन कन्सोलमा देखिन्छ । यो सुविधाका लागि स्कुटर प्रयोगकर्ताले कन्सोललाई मोबाइलको ब्लुटुथसँग कनेक्ट गराउनुपर्छ । त्यसपछि प्रत्येक कल कन्सोलमा देख्न सकिन्छ ।

नेपालको स्कुटर बजारमा एनटर्कले बेन्चमार्क बनेर उदाहरण देखाउने कम्पनिको दावी छ । एनटर्क नेपालमा उपलब्ध पहिलो स्पोर्टी स्मार्ट स्कुटर हो । जसलाई प्रयोग गर्ने राइडरले बिल्कुलै आरामदायी अनुभव बटुल्न सक्नेछन् । महिला–पुरुष दुवैजनाले चलाउन मिल्ने गरी यसको डिजाइन गरिएको छ ।

पावर तथा पर्फमेन्स
विशेषतः युवा राइडरलाई लक्षित गरि डिजाइन गरिएको यो स्कुटर टीभीएस रेसिङ प्लेटफर्ममा आधारित छ । स्कुटरमा १ सय २५ सीसी क्षमताको थ्री भल्व इन्जिन जडान गरिएको छ । जसले उच्चतम पावर तथा टर्क दिई यात्रामा सहजता दिलाउँछ । यसले ७ हजार ५ सय आरपीएममा ९ दशमलव ४ पीएस पावर र ५ हजार ५ सय आरपीएममा १० दशमलव ५ एनएम टर्क उत्पादन गर्छ । यो स्कुटरले टीभीएस बाइककै झल्को दिने स्मुथ आवाज निकाल्छ ।

स्कुटरमा यात्रा गर्दा थकानको महसुस हुँदैन । यसमा १ सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स छ  । जुन यो सेग्मेन्टमै उत्कृष्ट हो । उच्च ग्राउन्ड क्लियरेन्सका कारण खाल्डाखुल्डी तथा अप्ठ्यारा बाटोमा सजिलै चलाउन सकिन्छ । स्कुटरमा पाँच लिटर क्षमताको फ्युल ट्यांक छ । टीभीएस रेसिङ पेडिग्रीका कारण यसले उच्च प्रदर्शन गर्ने क्षमता राख्छ  ।

लुक्स तथा फिचर्स
एनटर्कमा ड्युअल कलर टोन दिइएको छ, जसले स्कुटरको लुक्समा निखार ल्याउनुको साथै डिजाइन स्पोर्टी देखिन्छ । यसमा उपलब्ध कतिपय फिचर्स सुन्दा नै अनौठो लाग्ने प्रकारका छन् । अनौठो यस अर्थमा कि स्कुटरमा यसअघि स्मार्ट फिचर्स उपलव्ध गराइएको थिइएन, जुन एनटर्कमा पाइन्छ । रेसिङ डाटा, ल्याप समय, फ्युल लेबल, स्पिडसँगै इन्जिनको तापक्रमको जानकारी स्क्रिनमै हेर्न
सकिन्छ ।

स्कुटरमा रहेको ‘लो फ्युल वार्निङ’ इन्डिकेटरले रिजर्बमा आएपछि कति दूरी पार गरेको छ भन्ने देखाउँछ । हेलमेट लगाउन भुल्नेहरूलाई स्कुटरले सचेत गराउँछ । हेल्मेट नलगाई स्कुटर स्टार्ट गरेको खण्डमा डिस्प्लेमा हेल्मेटको आइकन आउँछ । स्कुटरमा १२ इन्चको एलोई ह्वील दिइएको छ भने सेफ्टीका लागि अगाडि डिस्क ब्रेक राखिएको छ । पछाडि भने ड्रम ब्रेक छ ।

यसमा एलइडी डे टाइम रनिङ लाइट्स उपलब्ध छ । सिटमुनिको स्टोरेज क्षमता ठूलो छ । इन्धन भर्ने ट्यांकीको मुख बाहिरै राखिएको छ । जसका कारण पेट्रोलपम्पमा पुगेर तेल भर्ने वेलामा स्कुटरबाट झर्ने र सिट खोलेर ट्यांकीको बिर्को निकाल्ने झन्झट गर्नुपर्दैन । मोबाइल चार्जिङ सुविधाका लागी चार्जिङ पोर्ट समेत दिइएको छ ।

थप स्मार्ट फिचर्स
यो स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी सुविधा छ । जसलाई चालकको मोबाइलसँग कनेक्ट गरेपछि कन्सोल मिटरमा मोबाइलका एप्लिकेसन देख्न सकिन्छ । स्कुटरको डिजिटल कन्सोलले स्कुटर कहाँ जाँदै छ, कहाँ पुगियो र पुग्न लागेको ठाउँ कति टाढा छ भन्ने देखाउँछ । यसबाट चालकलाई गन्तव्यमा पुग्ने समय यकिन गर्न मद्दत मिल्छ ।

स्कुटरको कन्सोल र मोबाइलको ब्लुटुथ कनेक्ट भएपछि कसको फोन आइरहेको छ, कन्सोलमा देखिन्छ । फोन आएपछि गोजीबाट झिकेर हेर्नुपर्दैन । स्कुटरको कन्सोलमा अन्तिम पटक पार्किङ भएको ठाउँबाट स्कुटर कति टाढा पुग्यो भन्ने समेत देखाउँछ । यी फिचर्सका कारण अहिलेका युवायुवती यो स्कुटरप्रति आकर्षित हुने उच्च सम्भावना छ ।

मूल्य तथा प्रतिस्पर्धा
यसअघि स्कुटर बजारको ठूलो हिस्सा १ सय १० सीसीका सेग्मेन्टले ओगटेपनि पछिल्लो समय पावरफुल सेग्मेन्टका स्कुटरको मागमा उल्लेख्य वृद्धि हुन थालेको छ । फलस्वरुप अहिले निर्माता कम्पनीहरुले १ सय १० लाई अपग्रेड गरी १ सय २५ सीसी क्षमतामा ढालिरहेका छन् ।

हाल नेपाली बजारमा यो सेग्मेन्टमा होन्डा ग्राजिया, एक्टिभा, सुजुकी एक्सेस, अप्रिलिया र भेस्पाको कारोबार हुँदै आइरहेको छ । जसमध्ये अप्रिलिया र भेष्पाको मुल्य बढी भएपनि होन्डा, सुजुकी र टीभीएसको मुल्य लगभग हाराहारीमा छ । यस हिसावले एनटर्कको प्रतिस्पर्धा होन्डा र सुजुकीसँग हुने देखिन्छ । बजारमा यसको मूल्य २ लाख २५ हजार रुपैयाँ रहेको छ ।

समाचार सामाग्री र तस्बिर नेपाल अटोडटकमबाट लिइएको हो ।

प्रकाशित मितिः     १ पुष २०७५, आईतवार १९:४१  |