नेपाल कृषि प्रधान देश हो । कृषिप्रधान देश भएपनि कृषि व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । तर कृषि व्यवसायलाई व्यवस्थित र मर्या्िदत बनाउनको लागि पनि बीमा गर्न आवश्यक छ । निकै अवसर र सम्भावनाका बिचमा पनि आज कृिष पेशाप्रति यूवाको आकर्षण घट्नु भनेको कृषि लगानी सुरक्षित नहुनु नै हो ।
बीमा कम्पनीहरुको नियामक बीमा समितिले ०६९ देखि वृषि बीमा सुरु गरेको छ । नियामक निकाय बीमा समितिले निर्जबीन बीमाको व्यवसाय गर्दै आएका सबै बीमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बीमा गर्न निर्देशन समेत दिएको छ ।
सामान्य रुपमा कृषि बीमा गर्दा चाहिने कागजातहरु
– पूर्ण रुपले भरिएको प्रस्ताव फाराम
.-सम्बन्धित प्राविधिकको सिफारीस पत्र
.-आवश्यकतानुसार सम्बन्धि कृषि कार्यालयको सिफारीस पत्रदाबीका लागी चाहिने कागजातहरु
-सक्कल बीमालेख (आशिंक क्षति भएको अवस्थामा बीमालेखको छाँया प्रति)
-पूर्ण रुपले भरिएको दाबी फाराम
-सम्बन्धित प्राविधिकको प्रतिवेदन
-सम्बन्धित गा.पा, न.पा वा वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी÷संधियारको सर्ज्मिन मुचुल्का
-आवश्यक पर्ने पासपोर्ट साइजको फोटो