कृष्णप्रसाद श्रेष्ठ : उद्योग वाणिज्य संघलाई सामाजिक आन्दोलनसंग जोडे


प्यूठानमा जन्मिएका कृष्णप्रसाद श्रेष्ठ २०४३ सालतिर व्यवसाय र अध्ययनका लागि नेपालगन्ज झरेका थिए । तयारी पोशाकको थोक बिक्रेता श्रेष्ठ उद्योग वाणिज्य संघ मात्र होइन सामाजिक काममा समेत उत्तिकै सक्रिय छन् । लायन्स क्लब जस्ता संस्थामा पनि आवद्ध छन् । भ्रष्टाचार बिरोधी अभियान, नेपालगन्जको डुबान नियन्त्रण र सरसफाईको अभियानमा उनले आफ्नो सक्रियता देखाएका छन् । सिक्टा सिंचाई आयोजनाको निर्माण र त्यहाँ निर्माणका क्रममा भएको गलत कामको उनले निरन्तर खबरदारी गरिरहे । श्रेष्ठ अहिले नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य छन् ।
निस्क्रिय रहेको नेपालगन्ज उद्योग वाणिज्य संघलाई सक्रिय बनाउने मध्ये श्रेष्ठ पनि एक थिए । उनी २०५३ सालमा उनी निर्वाचन लडे तर एक मतले पराजित भए । त्यसबेला अध्यक्ष निर्वाचित प्रसाईले उनी लगायत अशोक कर्माचार्य, ज्ञानेन्द्र श्रेष्ठलाई सदस्य मनोनित गर्न चाहेका थिए तर निर्वाचनमा पराजित भएकाले त्यो स्वीकार गरेनन् । २०५६ सालमा उनले सल्लाहकारको भुमिका पाए । २०५९ सालमा उनी कोषाध्यक्ष निर्वाचित भए । संघलाई आर्थिकरुपमा सबल बनाउन कोषाध्यक्षको हैसियतमा उनले महत्वपूर्ण भुमिका निभाए । २०६४ सालमा श्रेष्ठ उपाध्यक्षमा बिजयी भए । उनी संघमा भएका बेला देशमा संक्रमणकाल थियो भने बिभिन्न सामाजिक सद्भाव बिथोलिने काम भएका थिए । त्यस्ता गतिबिधि हुन नदिई सामाजिक सद्भाव कायम गर्न उनले भुमिका खेले ।
२०६९ सालमा श्रेष्ठ नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष निर्वाचित भए । भुमिको समूहको जगजगी भएकाबेला अध्यक्ष निर्वाचित भएका उनका सामू व्यवसायीक हकहितका क्षेत्रमा काम गर्ने चुनौती थियो । तर त्यो चुनौती उनले पार गरे । उनकै कार्यकालमा दुईवटा महोत्सव र एउटा तीज महोत्सव आयोजना गरियो । महोत्सवबाटै एक करोड रुपैया संघलाई प्राप्त भयो । देशमा गएको भुकम्प पीडितलाई राहात संकलन गर्ने सवालमा होस् चाहे बिकास निर्माणका सवालमा सरोकारवाला निकायलाई खबरदारी गर्न होस् श्रेष्ठले महत्वपूर्ण भुमिका निभाए ।

कृष्णप्रसाद श्रेष्ठ नेतृत्वको कार्यसमिति यस्तो थियो

कृष्णप्रसाद श्रेष्ठ
अध्यक्ष
कपिल अधिकारी
प्रथम उपाध्यक्ष
अब्दुल वाहिद मन्सुरी
द्धितीय उपाध्यक्ष
बिष्णु लामिछाने
महासचिव
रचना श्रेष्ठ
उपमहासचिव
बिष्णुप्रसाद गौतम
कोषाध्यक्ष
कार्यसमिति सदस्य
दुर्गाप्रसाद भण्डारी
सन्जय थापा
ताराकुमारी खत्री
आदेशकुमार अग्रवाल
शंकरबहादुर थापाक्षेत्री
रोहितकुमार टण्डन
हरिशचन्द्र श्रेष्ठ
प्रदीपकुमार गुप्ता
सन्तोषकुमार कनोडिया
कन्हैयालाल बैद्य, एशोसियट
प्रदीपकुमार छाजेड, एशोसियट
ललितकुमार रौनियार, बरिष्ठ सदस्य
कुसुम बस्नेत, महिला सदस्य
मायादेवी गुरुगं महिला सदस्य
धर्मराज अर्याल, मनोनित सदस्य
गोपालप्रसाद अधिकारी मनोनित सदस्य

प्रकाशित मितिः     ५ पुष २०७५, बिहीबार ०८:३०  |