नेपालगन्ज उद्योग वाणिज्य संघको २७ औं साधारणसभा आज, को थिए संघका संस्थापक ?


बाँके :  नेपालगन्ज उद्योग वाणिज्य संघले आज शनिबार २७ औं साधारणसभा आयोजना गर्दैछ । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको समेत उपस्थिती रहने संघले जानकारी दिएको छ । नीजिक्षेत्रको छातासंगठन नेपालगन्ज उद्योग वाणिज्य संघको इतिहास लामो छ ।
२०२२ सालमा तत्कालिन राजा महेन्द्रले काठमाण्डौंमा देशभरका उद्योगी, व्यवसायीलाई बोलाएर नेपाल उद्योग वाणिज्य महासंघ स्थापना गराएका थिए । त्यसैबाट प्रभावित भएर २०२४ सालमा नेपालगन्ज उद्योग व्यापार संघ स्थापना भएको संघका बर्तमान अध्यक्ष नन्दलाल बैश्यले बताए । संघले स्थापनाको स्वर्ण जयन्ती समेत मनाइसकेको छ । उद्योगी, व्यवसायी मात्र नभई सामाजिक आन्दोलनमा समेत संघको भुमिका महत्वपूर्ण रहंदै आएको नेपाल उद्योग वाणिज्य महासंघका बर्तमान केन्द्रीय सदस्य तथा संघका निर्बतमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताए ।
संघको पहिलो अध्यक्ष को हुन ? भन्ने बिषयमा जिज्ञासा धेरैलाई हुन सक्छ । संघको संस्थापक अध्यक्ष ओमकार मल खेतान हुन । उनी पछि केदारनाथ टण्डन, गौरीशंकर मोहपाल, कन्हैयालाल टण्डन, अच्युत प्रसाद प्रसाई, सतीशचन्द्र अग्रवाल, दामोदर आचार्य, सुनिलकुमार शर्मा, कृष्णप्रसाद श्रेष्ठ र हाल नन्दलाल बैश्य अध्यक्ष छन् । संस्थापक उकार्यसमिति यस्तो थियो,

ओमकार मल खेतान
अध्यक्ष
रामप्रसाद बैश्य
उपाध्यक्ष
कार्यसमिति सदस्यहरु
फुलचन्द्र अग्रवाल
महाबीर प्रसाद अग्रवाल
लक्ष्मीनारायाण शर्मा
बद्रीनाथ टण्डन
केदारनाथ टण्डन
कृष्णगोपाल टण्डन
जोगराज अग्रवाल
पाटनदिन गुप्ता
छत्रपाल अग्रवाल
गुरुप्रसाद पाण्डे
रामहर्ष गुप्ता
गुलाव राय खेतान
जैनेन्द्र कुमार टण्डन
डम्बरबहादुर पौडेल

प्रकाशित मितिः     ७ पुष २०७५, शनिबार ०७:५०  |