अरु प्रदेशमा नगाभिएरै पनि यसरी बन्न सक्छ समृद्ध बाँके : पशुपतिदयाल मिश्र


पशुपति दयाल मिश्र

बाँके : पशुपति दयाल मिश्र नेपालगन्ज राजनीति र उद्योगक्षेत्रका अगुवा व्यक्तित्व हुन । बिभिन्न खालखण्डमा जनप्रतिनिधि समेत भइसकेका उनले नेपालगन्जको राजनीति र आर्थिक विकासलाई नजिकबाट नियालेका छन् । नेपालगन्जमा पछिल्लो समय बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने कुराहरु सन्चारमाध्यम र सामाजिक सन्जालहरुमा भाईरल भइरहेको छ ।

        ५ नम्बर प्रदेशको बनावटप्रति असन्तुष्टि जनाउँदै बिभिन्न क्षेत्रका आमनगारिक मात्र होइन नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणा समेतले कर्णाली प्रदेशमा बाँकेलाई गाभ्नका लागि आन्दोलन गर्ने भनि दिएको चेतावनी सहितको कुरा सन्चारमाध्यममा खुबै छायो । तर मिश्र यस्ता कुरा नेपालगन्जलाई दिग्भ्रमित बनाउन मात्र चर्चामा ल्याईएको बताउँछन् । नेपालगन्जलाई प्रदेशको राजधानी बनाउनका लागि आन्दोलन गर्न चासो नदिने तर संविधान संशोधन गरेर मात्र एक प्रदेश अन्यत्र मिलाउनुपर्ने तितो यथार्थलाई बिर्सिएर नेपालगन्जबासीलाई आन्दोलनका नाममा दिग्भ्रमित गर्न नहुने पक्षमा छन्, उनी । मिश्रले यदि आन्दोलन नै गर्ने हो भने समृद्ध बाँके मुद्दा बनाईनुपर्ने बनाए ।

               प्रदेश राजधानीका लागि आफ्नो कडा अडान राख्ने हो भने अझै समय रहेको भन्दै मिश्रले त्यसका लागि आन्दोलन गर्नुपर्ने बताए । तर त्यो पनि नसक्ने हो भने साझा एजेण्डा बनाएर समृद्ध नेपालगन्जका लागि संघर्ष गर्नुपर्ने तर्क गर्छन् उनी । समृद्ध नेपालगन्जका लागि हाल चर्चामा रहेका अधुरा योजना पुरा गरे मात्र पुग्ने बताउँदै मिश्रले त्यस्ता विकासका पूर्वाधारको सुचि नै तयार गरेका छन् । जुन यस प्रकार छन्,

-पर्यटनको क्षेत्रमा बाँके धेरै ठुलो फड्को मार्न सक्छ । मानसरोवरसम्मको गन्त्व्य बाँके बनिरहेको अवस्थामा हामीले त्यसलाई प्रोत्साहित गर्न नेपालगन्ज विमान स्थलबाट दिल्ली उडानको लागि पहल गर्नुपर्छ । यो कामको थालनी जतिसक्यो छिटो गर्दा राम्रो हुन्छ ।

-प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालयको अवधारणा अनुसार नेपालगञ्ज विश्वविद्यालयको जोडदार मांग गर्नुपर्छ । नेपालगन्ज बिशवबिद्यालयका लागि बिगतमा आन्दोलन भएको थियो । त्यसलाई अब मुर्तरुपमा दिनुपर्छ ।

-ड्राई पोर्टको तत्काल निर्माण कार्य गरी संचालनको लागि पहल गर्नुपर्छ । यो निर्माण सुरु भएको धेरै भयो तर कार्यान्वयन भएको छैन ।

-नेपालगन् मा ग्रीड टाईड सोलर सिस्टमको पाईलट प्रोजेक्टको पहल गर्न जरुरी रहेको छ ।

-भेरी अञ्चल अस्पताल लाई टिचिङ कलेजको रुपमा प्रयोग गर्ने गरी सरकारी मेडिकल कलेजको लागि केन्द्र सरकारसंग माग गर्नुपर्छ ।

-राप्ती नदिवाट खानेपानीको प्रोजेक्टरलाई प्राथमिकतासाथ अघि बढाउन दबाब दिनुपर्छ ।

-सिक्टा सिचाई आयोजना संचालन को आवश्यक मरम्मत गरी यथाशीघ्र संचालनको लागि दबाब दिन जरुरी भईसकेको छ ।

-नेपालगञ्जमा औधोगिक लगानीको बाताबरण बनाउन सरकारलाई कर छुट लगायत बिभिन्न सहुलियतको लागि दबाब दिने, बिदुत अनियमितता लगायत भ्रस्टाचार नियन्त्रणमामा बिशेष पहल गर्ने यी लगायतका बिभिन्न आयोजनाहरुको साझा रुपमा छनौट गरि नेपालगञ्जको अस्तित्व बचाउनको लागि अगाडि बढाउन सकिन्छ ।

प्रकाशित मितिः     ७ पुष २०७५, शनिबार २०:५७  |