बाँके : आन्तरिक राजश्व कार्यालय नेपालगन्ज अन्र्तगत बाँके र बर्दिया जिल्लामा मात्र ३५ हजार करदाता रहेको पाईएको छ । आर्थिक गतिबिधि धेरै हुने भएकाले यि दुई जिल्लामा करदाताको संख्या पनि धेरै भएको हो ।
कर्णाली प्रदेशका आठ जिल्ला आन्तरिक राजश्व कार्यालय सुर्खेत अन्र्तगत रहने भएपछि नेपालगन्जको कार्यक्षेत्र बाँके र बर्दिया सिमित भएको छ । दश जिल्लाको कार्यक्षेत्र हुँदा आन्तरिक राजश्व कार्यालय नेपालगन्ज अन्र्तगत ६५ हजार करदाता थिए । त्यसबेला कर्णाली प्रदेशका आठ जिल्ला सुर्खेत अन्र्तगत हुनेभएपछि बाँके र बर्दियाका ३१ हजार करदाता मात्र नेपालगन्जमा रहेका थिए । बाँकी करदाता सुर्खेतमै रहे ।
पहिलेको ३१ हजार र अहिले थप ४ हजार गरी हाल आन्तरिक राजशव कार्यालय अन्र्तगत ३५ हजार करदाता रहेको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख करअधिकृत प्रकाश पौडेलले बताए । कार्यक्षेत्र घटेपनि आन्तरिक राजश्व कार्यालयको बार्षिक लक्ष्य भने घटेको छैन । हाल उक्त कार्यालयको वार्षिक लक्ष्य ३ अरव ५१ करोड रहेको छ । प्रमुख कर अधिकृत पौडेलले लक्ष्य पुग्ने बताए ।