होटल व्यवसायी संघ बाँकेको अध्यक्षका लागि उमा डाँगी ग्राण्डनको उम्मेदवारी घोषणा, प्यानलमा को -को ?


घोाषणा गरिएका अध्यक्ष लगायतका पदाधिकारी, कार्यसमिति सदस्य ।

बाँके :  होटल व्यवसायी संघ, बाँकेको पुस ११ गते हुने अधिवेशनबाट नयाँ चेतृत्वका लागि उम्मृदवारी घोषणा सुरु हुन थालेको छ । आईतबार साझा समाबेशी समुहले होटल व्यवसायी संघको निर्वाचनका लागि उमा ग्राण्डन डाँगीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ ।
साझा समावेशी समूहको अध्यक्षमा उमा ग्राण्डन डाँगी, बरिष्ठ उपाध्यक्षमा प्रेम खत्री, उपाध्यक्षमा गोपाल गिरी, महासचिवमा घनश्याम थापाक्षेत्री, सचिवमा रतन बुढाक्षेत्री, कोषाध्यक्षमा टिकाप्रसाद खनाद र सहकोषाध्यक्षमा जुना कंडेल रहेका छन् । कार्यसमिति सदस्यका लागि कल्पना लामा, दुर्गा कंडेल, कर्णबहादुर शाही, रामलखन बैश्य, अनिता लामा, राजेन्द्र गोबिन्द शाही, लक्ष्मीराज शाही, इन्द्रबहादुर थापा रहेका छन् ।
आस्थागत हिसावले घोषणा गरिएको प्यानल नेपाली काँग्रेस निकट हो । तर उम्मेदवारी घोषणा गर्दै उक्त समूहका अध्यक्ष प्रेम खरेलले आफुहरु कुनै पार्टीगत आस्थागत आधारमा नभई बिशुद्ध व्यवसायीहरुको हकहितका लागि चुनावमा उत्रिएको दाबी गरे । उनले आफुहरुको समूहमा हरेक दलको आस्था मान्ने व्यवसायीहरु आवद्ध भएको बताए । होटल व्यवसायी संघको १५ औं साधारणसभा तथा नवौं अधिवेशनका लागि आस्थागतरुपमा मुख्यरुपले नेपाली काँग्रेस र नेकपा निकट व्यवसायीबीच चुनाव हुनेछ । जति नै पार्टीगत कुरा नहुने दाबी अन्तत निर्वाचनमा दलगत भुमिका महत्वपुर्ण हुन्छ । यस पटक बापन्थीको तर्फबाट रंगराज खड्का अध्यक्ष बन्ने निश्चित जस्तै छ ।

यो वा त्यो होइन, सबै व्यवसायीको साथको अपेक्षा छ :  डाँगी

उमा ग्राण्डन

अध्यक्षमा उम्मेदवारी घोषणापछि उमा ग्राण्डन डाँगीले आफु बिशुद्ध व्यवसायी भएकाले यो वा त्यो राजनीतिक आस्थासंग जोडर नहेर्न आग्रह गरिन । लामो समयदेखि होटल व्यवसायक्षेत्रमा सक्रिय डाँगी अहिले होटल व्यवसायी संघ बाँकेको बरिष्ठ उपाध्यक्ष छिन् । व्यवसायमा प्रत्यक्ष सहभागि भएर नेतृत्वतहसम्म पुग्ने हैसियत बनाउने उनी बाँकेकी थोरै महिला भित्र पर्छिन । अध्यक्ष उम्मेदवारी घोषणापछि उनले सबै व्यवसायीको सहयोगबाट आफु नेतृत्वमा पुग्ने बताईन ।


प्रकाशित मितिः     ८ पुष २०७५, आईतवार १५:५१  |
error: Content is protected !!