बाँके : औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नेपालगन्ज औद्योगिक क्षेत्रको भाडा दोब्बर बृद्धि गर्न सुझाव दिएको छ । हाल कायम रहेको वार्षिक भाडादर ८ हजार ३ सय २८ रुपैयालाई बृद्धि गरी १६ हजार दुई सय गर्न सुझाव दिईएको छ । यो ९४ प्रतिशतले बृछि हो । १० वटै औद्योगिक क्षेत्रको भाडा वृद्धि गर्ने क्रममा नेपालगन्ज औद्योगिक क्षेत्रको पनि बृद्धि भएको हो । उक्त भाडा वृद्धिदर उद्योगमन्त्रीसँगको छलफलपछि कार्यान्वयन हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जानककारी दिएको छ ।
२०७५ को साउनदेखि लागू हुनेगगरी औद्योगिक क्षेत्रको ६३ देखि साढे पाचँसय प्रतिशत सम्म भाडा वृद्धि गरिएको छ । समय सापेक्ष रूपमा औद्योगिक क्षेत्रको भाडा वृद्धि गरिएको व्यवस्थापनका सूचना अधिकारी भोजराज विडारीले जानकारी दिए। औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ को नियम २३ को उपनियम १ मा उत्पादनमूलक उद्योगको हकमा ५/५ वर्षमा भाडादर पूनरावलोकन गर्ने व्यवस्था उल्लेख भएको छ।
व्यवस्थापन सञ्चालक समितिले भाडा महशुल तथा शुल्क सुझाव समितिको सुझावका आधारमा पुनरावलोकन गरी भाडा बढाउन सक्ने कानूनी व्यवस्था रहेको उनले जानकारी दिए। औद्योगिक क्षेत्रको भाडा बढेको सम्बन्धी उद्योग मन्त्रालयलाई आधिकारिक जानकारी नआएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईको भनाई उद्धित गर्दै सेतोपाटी अनलाईनले समाचार समाचार प्रकाशन गरेको छ । उनका अनुसार भाडा वृद्धिदर सम्बन्धी मन्त्रालयलाई कुनै जानकारी नआएकोले मन्त्रालयले केके आधारमा भाडा वृद्धि गरेको स्पष्टिकरण मागेको छ।
‘औद्यौगिक क्षेत्र र उद्योगीलाई सहज वातावर मिलाइदिने काम मन्त्रालयको हो’, भट्टराईले भने, ‘औद्योगिक क्षेत्रको भाडा वृद्धि गर्ने हक अधिकार औद्योगिक क्षेत्र व्यवस्थापन सञ्चालक समितिको हो उनीहरूको हक अधिकारलाई हामी हस्तक्षेप गर्दैनौँ।’ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा वृद्धि गर्न लागेपछि सम्बद्ध उद्योगीहरुले भने विरोध जनाएका छन्।
राष्ट्र बैङ्कको मुद्रास्फिति दर, चलनचल्तीको भाडाका आधारमा व्यवस्थापनले ५/ ५ वर्षमा औद्योगिक क्षेत्रको भाडा पुनरावलोकन गर्ने गरेको थियो। समय सापेक्ष रुपमा भाडा निर्धारण गर्न उद्योग मन्त्रालयको सचालक ससमितिमा रहेको सदस्यको संयोजकत्व तथा आद्योगिक व्यवस्थापन सञ्चालनको प्रमुख, अर्थ मन्त्रालयको प्रतिनिधि, महासंघका प्रतिनिधिसहितको कमिटी गठन भएको छ। उक्त कमिटीले समय सापेक्ष भाडा बढाउने छ। हाल औद्योगिक क्षेत्रमा प्रति रोपनी वर्षको १८ हजारका दरले अर्थात दिनको ४६ रूपैयाँ भाडा निर्धारण गरिएको छ। यो रकम निकै सस्तो भएकाले सम्झौताअनुसार समयसापेक्ष बनाउन लागिएको व्यवस्थापनको भनाइ छ।
अहिलेको अवस्थामा यति सस्तोमा भाडामा दिन सक्ने अवस्था नरहने महाप्रवन्धक नन्दकिशोर वस्नेतको भनाइ छ । अहिले धेरै उद्योगहरु औद्योगिक क्षेत्रभित्र आउन चाहेको बताउँदै उनले ठाउँको अभावले दिन नसकिएको बताए । उनका अनुसार उद्योगहरुले तिर्ने भाडा औद्योगिक क्षेत्रको सरसफाई, पानीको बिल भुक्तानी तथा व्यवस्थापनमै खर्च हुने गरेको छ । बृद्धि भएको भाडादर भने कार्यान्वयनमा आइनसकेको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण पुनले जानकारी दिए । नेपालगन्ज ओद्योगिक क्षेत्रमा ३० वटा बढि उद्योगहरु छन् । जसमा २५ अर्व बढिको लगानी छ । अचानक भाडा बृद्धि गरिएपछि त्यहाँ रहेका उद्योगीहरु चिन्तित देखिएका छन् ।