बाँके : नेपालगन्जमा धेरै कुराहरु मौलिक छन् । भाषा, संस्कृति, चालचलन, धर्मकर्म आदि । अरु ठाउँ भन्दा बिशिष्ठ र बिल्कुलै फरक । यहाँका खानेकुराको मौलिकता त झन बयान गरी साध्य छैन । पानीपुरी होस् चाहे हलुवा पराठा । बिरयानीको त के कुरा । त्रिभुवनचोकको रावडीको स्वाद नै बेग्लै छ । ठेलामा बनाईका माछा र मासुका परिकार खान साँझ घुइचो नै देख्न पाईन्छ । सिजन अनुसारका खानेकुराको स्वाद लिन सकिन्छ ।
यतिबेला चिसो मौसमले नेपालगन्जलाइ छोइसकेको छ । यो मौसममा कसैले चिया र कफीको चुस्की लिइरहेका होलान् त कसैले माछाको परिकार खाइरहेका होलान् । त्यस्तैमा जमेको कुरा हो मम्मफली । जसलाई पहाडीक्षेत्रमा बदम भनिन्छ । जुन ठुलो हुन्छ तर मम्फली सानो हुन्छ ।
टुकीमा दियो बालेर ठेलामा मम्मफली तताईरहेको अहिले नेपालगन्जको हरेक चोकमा देख्न पाईन्छ । धनियाको अचारसंगै मम्फलीको खानुको मजा बेग्लै छ । सय ग्राम मम्फलीको रु ३० रुपैया पर्छ । प्राय सय ग्राम नै धेरै बिक्री हुने गरेको छ । घर लिएर घाम बसी खानेको संख्या पनि कम छैन । बाँकेको राप्तीपारी उत्पादन भएको मम्फली व्यवसायीले पहिल्यै किनेर स्टक राखेका हुन्छन् । त्यसलाई अहिले जाडो मौसममा बिक्री गरिन्छ ।