आगलागी पीडित व्यवसायीका लागि राहात संकलन


बाँके :  पुस ५ गते नेपालगन्ज न्यूरोडमा भएको आगलागीबाट क्षतीग्रस्त दुई पसलको सहयोगार्थ तयारी कपडा, ब्याग, जुक्ता, चप्पल तथा खुद्रा व्यवसायी संघले राहात संकलन सुरु गरेको छ । बिद्युत सर्ट भई आगलागी हुँदा जिवि कलेक्सन र सपना सपिगंमा लाखौंको क्षती भएको थियो ।
व्यवसायीहरुको घाउमा मल्हम लगाउनका लागि राहात संकलन शुरु भएको संघका अध्यक्ष भिम रानाभाटले जानकारी दिएका
छन् । बिहिवार न्यूरोडमा राहात संकलन गर्ने क्रममा चालिस हजार संकलन भएको छ । शुक्रबार घरबारीटोलमा सहयोग जुटाउने कार्यक्रम छ । राहात संकलनबाट उठ्ने रकम थोरै हुने भएपनि त्यसले व्यवसायिक एकता देखाउने अध्यक्ष रानाभाटले बताए ।

प्रकाशित मितिः     १२ पुष २०७५, बिहीबार १६:०७  |