‘मदिरा सम्बन्धी आदेशले व्यवसायीको लगानी डुबाउँछ’


बाँके : मदिरा व्यवसायी संघ, बाँकेको कार्यालयमा सोमबार बसेको बैठकले सरकारले ल्याउन लागेको मदिरा नियन्त्रण सम्बन्धी आदेशले उद्यमी र व्यवसायीको करोडौंको लगानी डुब्ने खतरा रहेको भन्दै त्यसलाई परिमार्जन गर्न माग गरेको छ । संघका अध्यक्ष राजेशराज श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा नेपाल सरकार गृहमन्त्रालयबाट मन्त्रीपरिषद बैठकमा पेश गरेको मदिरा उत्पादन र बिक्री बितरण नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश २०७५ प्रति यस क्षेत्रका मदिरा व्यवसायीहरुको गम्भीर ध्यानार्कषण भएकोछ ।
नेपाल सरकारले ल्याएका हरेक नियम, कानुनलाई यस क्षेत्रमा लागेका सम्पूर्ण व्यवसायीहरुले पालन गर्नुका साथै शान्त, सभ्य समाज निर्माणमा हाम्रो सकारात्मक सहयोग हुँदै आएको अवगत नै भएको व्यवसायीहरुले बताए । करको क्षेत्रमा ठुलो योगदान गरेर राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै यस क्षेत्रमा उद्योगपति, व्यवसायीहरुले खर्बौको लगानी बजारमा रहेको अवस्थामा व्यवसायीसंग कुनै पनि छलफल तथा सहकार्य नगरी हतासमा सरकारले आफुले जनतालाई अमनचयन शान्ती, सुरक्षा जस्तो संवेदनशिल कुरामा आफ्नो दायित्व निर्वाह गर्नतिर पूर्णरुपमा नलागी यसको सम्पूर्ण दोष मदिरा उत्पादक तथा मदिरा व्यवसायी माथि थुपार्दै आफु पानी माथिको ओभानो बन्नुले अत्यन्त दुःखी बनाएको व्यवसायीहरुले उल्लेख गरेका छन् ।
आदेशमा भएका राम्रा पक्षलाई स्वागत तथा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै प्रस्तावमा रहेका अनावश्यकरुपमा व्यवसायीहरुलाई प्रताडित एवं व्यवसायीहरुको व्यवसायलाई जोखिममा पार्ने बुँदाहरुलाई परिमार्जन गर्न आग्रह गरेका छन् । बैठकमा मदिरा व्यवसायी संघका क्षेत्रीय उपाध्यक्ष अमित बस्नेत, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव बिष्णु लामिछाने, महासचिव मिमबहादुर सिंह ठकुरी, सल्लाहकार हिरालाल न्यौपाने लगायतको सहभगिता थियो । यस्तै बैठकले क्षेत्रीय उपाध्यक्ष अमित बस्नेतको अगुवाईमा यस बिषयमा बृहद छलफल गर्ने निर्णय समेत
गरेको छ ।


प्रेस बिज्ञप्ती

आज मिति २०७५ मंसिर १७ गतेका दिन मदिरा व्यवसायी संघ, बाँकेको कार्यालयमा यस संघका अध्यक्ष राजेशराज श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा नेपाल सरकार गृहमन्त्रालयबाट मन्त्रीपरिषद बैठकमा पेश गरेको मदिरा उत्पादन र बिक्री बितरण नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश २०७५ प्रति यस क्षेत्रका मदिरा व्यवसायीहरुको गम्भीर ध्यानार्कषण भएको छ ।
नेपाल सरकारले ल्याएका हरेक नियम, कानुनलाई यस क्षेत्रमा लागेका सम्पूर्ण व्यवसायीहरुले पालन गर्नुका साथै शान्त, सभ्य समाज निर्माणमा हाम्रो सकारात्मक सहयोग हुँदै आएको अवगत नै छ । करको क्षेत्रमा ठुलो योगदान गरेर राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै यस क्षेत्रमा उद्योगपति, व्यवसायीहरुले खर्बौको लगानी बजारमा रहेको अवस्थामा व्यवसायीसंग कुनै पनि छलफल तथा सहकार्य नगरी हतासमा सरकारले आफुले जनतालाई अमनचयन शान्ती, सुरक्षा जस्तो संवेदनशिल कुरामा आफ्नो दायित्व निर्वाह गर्नतिर पूर्णरुपमा नलागी यसको सम्पूर्ण दोष मदिरा उत्पादक तथा मदिरा व्यवसायी माथि थुपार्दै आफु पानी माथिको ओभानो बन्नुले हामीलाई अत्यन्त दुःखी बनाएको छ ।
यसमा भएका राम्रा पक्षलाई स्वागत तथा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै प्रस्तावमा रहेका अनावश्यकरुपमा व्यवसायीहरुलाई प्रताडित एवं व्यवसायीहरुको व्यवसायलाई जोखिममा पार्ने बुँदाहरुलाई परिमार्जन गर्न आग्रह गर्दछौं । अत : हामी व्यवसाय गर्ने सम्पूर्ण मदिरा व्यवसायीहरु यस देशका जिम्मेवार नागरिक भएको हुँदा उद्योगपति, व्यवसायी र बैंकले उनीहरु माथि लगाएको लगानीको समेत सुरक्षा गर्ने समेत सरकारको जिम्मेवारी भएको हुँदा दुबै पक्षबीच बसी आपसी समझदारी गरी व्यापार, व्यवसाय गर्ने वातावरण बनाईदिनुहुन जोडदार माग गर्दछौं ।

   राजेशराज श्रेष्ठ                                                                                                     मिमबहादुर सिंह ठकुरी
       अध्यक्ष                                                                                                                   महासचिव

                                    मदिरा व्यवसायी संघ, बाँके

प्रकाशित मितिः     १७ मंसिर २०७५, सोमबार १५:०६  |