शिखर केबुललाई नेपाल गुणस्तर चिन्ह प्रदान


बाँके : नेपालगन्ज औद्योगिक क्षेत्रस्थित शिखर केवुल ईण्डष्ट्रिजले नेपाल गुणस्तर चिन्ह – NS_ पाएको छ । नेपाल नापतौल बिभागले शिखर ब्राण्डको केबुल उत्पादनलाई गुणस्तर मापनका आधारमा नेपाल गुणस्तर चिन्ह प्रदान गरेको हो ।
गुणस्तरीय केबुल उत्पादन गरे ग्राहकलाई सन्तुष्टि बनाएर नेपाल गुणस्तर चिन्ह प्रदान भएपछि सन्चालक चम्पालाल बोथ्राले खुसी प्रकट गरे ।

उनले आफ्ना उत्पादनहरुको सही मुल्यांकन भएको पनि बताए । शिखर केबुलले बिभिन्न केवुल वायरहरु उत्पादन गर्दै आएको छ । शिखरले हाउस वायर, मल्टिस्ट्याण्ड्र वायर, पावर केवल, टेलिकम वायर एण्ड केवल, पिभिस कम्पाउण्ड लगायतको उत्पादन गर्दै आएको छ ।


प्रकाशित मितिः     २९ मंसिर २०७५, शनिबार १३:०८  |
error: Content is protected !!