भारतमा सुचिकृत जडिबुटी मात्र निकासी हुन पाउने, सयथरी जडिबुटी गोदाममै थन्किए


बाँके : भारतले सुचिकृत भन्दा अन्य जडिबुटी आयातमा रोक लगाएपछि लाखौंको जडिबुटी नेपालगन्जमै थन्किएको  छ । एक महिनायता रुपैडियास्थित भारतीय कस्टमले सुचिकृत भएका भन्दा अन्य जडिबुटी भारत लैजान रोक लगाएको थियो । जडिबुटीका प्रमुख निर्यातकर्ता सन्जय जैनका अनुसार सुचिकृत जडिबुटीको संख्या मुस्किलले बिस जति छ । तर अन्य जडिबुटीको संख्या पचासदेखि सयसम्म छ ।
एक महिनादेखि अन्य जडिबुटीहरु निकासी हुन नपाउँदा नेपालगन्ज गोदामै थन्किएको छ । कुरिलो, चिराईतो, पदमचाल जस्ता धेरै जडिबुटी निकासी हुन पाएका छैनन् । भारतमा वर्षेनी करोडौ मुल्यका ती जडिबुटी निकासी  हुन्थ्ये । स्रोतका अनुासर यसअघि भारतीय कस्टमले व्यवहारिकताका हिसावले सुचिकृत भन्दा अन्य जडिबुटीलाई पनि भारत निकासी गर्न दिन्थ्यो । नाम नखुलेका, सानो परिणाम हुने जडिबुटी त्यसै जान्थ्यो । तर अब भने त्यसलाई अनिवार्यरुपमा सुचिकृत गर्नुपर्ने प्रावधान बनाएको छ ।
नयाँ प्रावधान आउनु अगावै नेपालगन्का व्यवसायीहरुले पहाडी जिल्लाबाट जडिबुटी ल्याएर स्टक राखेका छन् । अहिले ती जडिबुटी गोदामै थन्किएको छ । नयाँ प्रावधान अनुसार थप जडिबुटी सुचिकृत गर्न महिनौं लाग्छ । नेपालगन्ज नाका हुँदै जडिबुटी निकासी हरेक वर्षबढ्नुको साटो घट्दै गएको बेला आएको नयाँ प्रावधानले व्यवसायीहरुलाई मर्का पारेको जैनले बताए । कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामाउत्पादन भएका जडिबुटीको भण्डारण र बिदेश निर्यातका लागि नेपालगन्ज प्रमुखट्रान्जिट हो । तर नेपाली जडिबुटीप्रति भारतको कडा रबैयाका कारण जडिबुटीनिकासी हरेक वर्ष घट्दै गएको जडिबुटी व्यवसायमा संलग्न अगुवाहरुले बताएका छन ।
जडिबुटी व्यवसायी संघका अनुसार पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने पनि जडिबुटीको निर्यात खस्किएको छ । आर्थिक वर्ष २०७२÷२०७३ मानेपालगन्ज हुँदै ४६ लाख ३८ हजार २ सय १५ केजि ४५ थरी जडिबुटी निकासी भएकोथियो । तर त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७३÷०७४ मा घटेर ४० लाख ५० हजार ६ सय ७४ किलोग्राम जडिबुटी निर्यात भयो । आर्थिक वर्ष २०७४÷०७५ मा२७ लाख ५४ हजार २ सय किलोग्राम जडिबुटी निकासी  भयो । ‘जडिबुटीकोनिर्यातको अवस्था खस्किएको देखिन्छ ।’ नेपाल जडिबुटी व्यवसायी संघका कार्यालयप्रमुख पुष्कर खरेलले भने । उनका अनुसार टिम्मुर, रिठ र काउलो सबैभन्दाबढि निकासी भइरहेको छ । खरेलका अनुसार, औषधी, साबुन, स्याम्मु जस्तासामाग्री बनाउन प्रयोग गरिने यि जडिबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेश्रोमुलकमा पनि निर्यात भइरहेको छ ।


प्रकाशित मितिः     १७ पुष २०७५, मंगलवार १३:३४  |
error: Content is protected !!