नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा बालबालिकालाई न्यानो कपडा बितरण


बाँके :  नेपालगन्ज उद्योग वाणिज्य संघले चिसो छल्न बिद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । संघका अध्यक्ष नन्दलाल बैश्यले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ स्थित बाल मन्दिर प्राथमिक बिद्यालयका बालबालिकालाई बिद्यालय पोशाक अनुसारको स्वीटर बितरण गरे ।
बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच बालबालिकाहरुलाई न्यानो स्वीटर बितरण गरिएको हो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष नन्दलाल बैश्यले सामाजिक उत्तरदायित्व बहन गर्दै बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको बताए । नेपालगन्जमा चिसो बढेकाले त्यसबाट जोगिन न्यानो कपडा दिईएको उनले बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, शिक्षिका र नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डन, उपमहासचिव तारा कुमारी खत्री, कार्यसमिति सदस्य रमारानी बैश्य लगायतको उपस्थिती थियो ।


प्रकाशित मितिः     १८ पुष २०७५, बुधबार ०८:१८  |
error: Content is protected !!