जानकी गाउँपालिकाको केन्द्र मानपुरमा टुङ्गो लाग्यो


जानकी, १८ पुस : जानकी गाउँपालिकाको चौथो गाउँसभा बुधवार सम्पन्न भएको छ । गाउँसभाले गाउँपालिकाकोे केन्द्र मानपुरमा टुङ्गो लगाएको छ । गाउँसभामा वडा नं. ३ स्थित मानपुरमा गाउँपालिका केन्द्र तोक्ने प्रस्ताव सर्वसहमत पारित भएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बताए ।

हाल वडा नं. ४ खजुराखुद्र्ध स्वास्थ्य चौकीको प्रसुती केन्द्रको भवनबाट गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको छ । मानपुरमा रहेको १३ कठ्ठा जमिनमा अव गाउँकार्यपालिकाको भवन निर्माण गरिने अध्यक्ष यादवले बताए । छ वटा वडा रहेको जानकी गाउँपालिकाको वडा नंं ३ मानपुर भौगोलिक हिसावले पनि सवै वडाको पायक पर्ने भएकोले सवै जनप्रतिनिधि सर्वसहमत भएको गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालले बताए ।


वडा नं. ६ का अध्यक्ष सुरेश अहिरले गाउँपालिकाको केन्द्र टुङ्गो नलाग्दा लामो समयदेखि रहेको अन्यौल अव अन्त्य भएको बताए । सबैवडालाई पायक पर्ने र सवारी साधनको समेत पहँुचमा रहेकोले सर्वसाधारणलाई समेत सहज हुने उनले अपेक्षा गरे । चौथो गाउँसभाले गाउँपालिकाभित्रको सडकको मापदण्ड, राजश्व दररेट, शिक्षा समिति गठन, गाउँपालिकाको सभाहल तथा खेलमैदान निर्माण लगायतका निर्णयहरु समेत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।

प्रकाशित मितिः     १८ पुष २०७५, बुधबार १९:०७  |
error: Content is protected !!